virus

कोरोनाभाइरस – अहिले चर्चामा रहेको खुंखार हत्यारा। लाग्छ कि विश्वको कुनै न कुनै कुनामा यस्ता डरलाग्दा भाइरस दिनानुदिन सृजित भइरहेका छन्। यो लेख तयार पार्दा सम्म कोरोनाभाइरसले विश्वभरमा लाखौ जनाको ज्यान लिइसकेको छ। करोडौ भन्दा बढी यो भाइरसले संक्रमित भएका छन्।

यो भन्दा अघि यसरी नै सयौंको ज्यान लिएको भाइरस थियो ‘सार्स’। चीनबाट नै फैलिएको यो भाइरसले नौं महिनाको अवधिमा ३४९ जनाको ज्यान लिएको थियो।

डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरस विश्वको २५ देशमा फैलिएको छ। बाहिरी वातावरणबाट बच्न चीनमा झन्डै ६ करोड जनसंङ्ख्या घर भित्रै थुनिएका छन्। कोरोना भाइरस विरोधी कुनै खोप वा औषधी पत्ता लागिसकेको छैन। तर विश्वभरका वैज्ञानिकहरु यसको उपचार विधि खोज गर्दैछन्। ढिलो-चाढो कतैबाट खुसीको खबर आइहाल्ला।

भाइरसले धेरै पटक ठूलो सङ्ख्यामा मान्छेको ज्यान लिइसकेको छ। यहाँ विश्वका ५ घातक भाइरसको चर्चा गरिएको छ।

१. इबोला

सन् १९७६ मा अफ्रिकामा भेटिएको यो भाइरस अहिलेसम्मकै खतरनाक भाइरस मानिन्छ। पहिचान भएका पाँच मध्ये ४ प्रकारका इबोला भाइरसले इबोला हेमोरहेजिक फिभर (Ebola hemorrhagic fever- EHF) गराउँछ। अर्थात ज्वरो सहित आन्तरिक र बाह्य रक्तस्राव गराउँछ।

पहिलो पटक कंगोको इबोला नदी वरपर रिपोर्ट गरिएको यो भाइरस सोही नदीको नामबाट राखिएको हो। यसलाई सिडिसी बायोसेफ्टी लेभल ४ अन्तरग (BSL-4) वर्गिकरण गरिएको छ। अर्थात संसारमा पाइने सबैभन्दा खतरनाक भाइरसहरुलाई BSL-4 अन्तरगत राखि सोही अनुरुपको सावधानी अपनाइन्छ। शरिरबाट निस्कने विभिन्न पदार्थबाट यो भाइरस सर्छ। इबोला लागेपछि सो व्यक्तिको मृत्युको सम्भावना ५०-९०% हुन्छ। सुरुमा टाउको दुख्ने, घाँटी दुख्ने हुन्छ। विस्तारै आन्तरिक र बाह्य रक्तस्राव सुरु हुन्छ, कलेको, किड्नीको कार्यक्षमता घट्छ।

सन् २०१९ को अगस्टमा गरिएको दुइ अनुसन्धानात्मक उपचारमा एक औषधी इबोला विरुद्ध ९०% कारगर पाइएको थियो। तर सो बाहेक अहिलेसम्म यसको पूर्ण निदानको उपाय पत्ता लागेको छैन। यसको सबैभन्दा अन्तिम संक्रमण उगान्डामा सन् २०१२ मा देखिएको थियो।

के हो बायोसेफ्टी लेभल (Biosafety Level) ?

बायोसेफ्टीका चरणहरु ४ प्रकारका हुन्छन्। बायोसेफ्टी लेभल-१ (BSL 1) देखि बायोसेफ्टी लेभल-४ (BSL 4)।

पहिले नै पहिचान गरिएका जिवित प्राणी तथा ब्याक्टेरिया अनि भाइरस जो मानव स्वास्थ्यको लागि खतरनाक मानिदैनन् त्यसलाई बायोसेफ्टी -१ को नियम अनुसार सावधानी अपनाइ अध्ययन गरिन्छ।

घातकपना बढेअनुसार विभिन्न जीव तथा भाइरस अनि ब्याक्टेरियाहरुलाई बायोसेफ्टीका माथील्ला चरणका नियम अनुसार सावधानी अपनाइन्छ।

ज्यानमारा, उपचार पत्ता नलागेका तथा नयाँ भाइरस अनि ब्याक्टेरियालाई बायोसेफ्टीको सबैभन्दा माथील्लो चरण, BSL 4 को नियम अनुसार सावधानी अपनाइ प्रयोगशालामा अनुसन्धान गरिन्छ। कोरोना भाइरस BSL 4 मा पर्छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (CDC) ले यी चरणहरु वर्गीकृत गर्छ।

BSL 4 ल्याबमा यस्तो सावधानी अपनाएर काम गरिन्छ। कोरोना भाइरस पनि BSL 4 भाइरस हो। यस उपर अध्ययन गर्न BSL 4 ले तोकेको अनुसारको सावधानी प्रयोगशालामा अपनाउनु पर्दछ। त्यसैले सबै सामान्य प्रयोगशालामा यसको निदानको उपाय खोज्न सकिदैन। अनुसन्धान गर्ने वैज्ञानिकहरुमा यी भाइरसले संक्रमण नगरोस् र बाहिरी वातावरणमा पनि नफैलिओस भनेर यस्तो उच्चस्तरीय सावधानी अपनाइन्छ।

२. मारबर्ग

सन् १९६७ मा, पोलियो खोपको विकासको लागि अध्ययन गर्न अफ्रिकाबाट ल्याइएको हरिया बाँदरबाट जर्मिनाका (मारबर्ग र फ्राङ्फर्ट) अनि सर्बियाका (सो समयको युगोस्लाभिया) ल्याब टेक्निसियनहरु पनि यो भाइरसको पहिलो पटक सर्यो।

यो भाइरस पनि BSL-4 भाइरस हो। मारबर्ग हेमोरहेजिक फिभर (Marburg hemorrhagic fever) यसको पुरा नाम हो। यसले संक्रमण भए २३ देखि ९० प्रतिशत मृत्युको सम्भावना हुन्छ। संक्रमितसंग नजिकको सम्पर्कबाट यो भाइरस सर्छ। टाउको दुखाइबाट सुरु हुन्छ, ज्वरो आउँछ,। टाउको र हात बाहेक शरिका अन्य भागमा डाबर आउँछ। शरिरका महत्वपूर्ण भित्री अंगले काम गर्न छोड्छ, र अत्याधिक आन्तरिक रक्तस्राव पश्चात मृत्यु हुन्छ।

यसको कुनै उपचार छैन। र अन्तिम संक्रमण सन् २०१२ मा उगान्डामा देखिएको थियो।

३. हान्टा भाइरस

हावाबाट सर्ने हान्टा भाइरसको विभिन्न प्रजाति छ। मुसाका विभिन्न प्रजातिमा फरक फरक हान्टा भाइरस पाइन्छ। मुसाको मलमुत्र लगायत अन्य शारिरीक गन्धगीबाट मानिसमा यो भाइरस सर्छ। र यी फरक प्रजातिका हान्टा भाइरसले फरक-फरक रोग लाग्छ। सबैभन्दा डरलाग्दो मानिेने संक्रमण हो हेमोरहेजिक फिभर वीथ रिनल सिन्ड्रोम (hemorrhagic fever with renal syndrome -HFRS)। कोरियन युद्ध (सन् १९५० मा उत्तर र दक्षिण कोरियाको युद्ध)को समयमा यो पहिलो पटक देखा परेको थियो।
र यसको अर्को प्रकारको संक्रमणः हान्टा भाइरस पल्मोनरी सिन्ड्रोम hantavirus pulmonary syndrome -HPS) सन् १९९३ मा दक्षिणपश्चिम अमेरिकामा देखिएको थियो।

HFRS ले तीव्र किड्नी फेल गराउँछ भने HPS ले फोक्सोमा पानी भरिदिन्छ। HFRS लागेपछि १ देखि १५ प्रतिशत मृत्युको संम्भावना हुन्छ। त्यस्तै HPS लागेपछि ३८% मृत्युको सम्भावना हुन्छ।

HPS को पछिल्लो संक्रमण अमेरिकामा सन् २०१२ मा देखिएको थियो।

४. लसा

यो BSL-4 भाइरस पनि मुसाकै प्रजातिबाट सर्छ। अफ्रिकामा पाइने मास्टोमिस नामको मुसाको प्रजातिमा यो भाइरस भेटिन्छ। मुसाको मलमुत्रमा यो भाइरस पाइन्छ जुन हावाको माद्धमबाट मान्छेमा सर्छ। त्यसपश्चात भने संक्रमित व्यक्तिको शरिरबाट निस्कने पदार्थहरुबाट अर्को व्यक्तिमा सर्छ। लसाबाट संक्रमित भएपछि आउने ज्वरो (Lassa Fever) ले पश्चिम अफ्रिकामा ५ हजारको ज्यान लिएको थियो।

यसको लक्षण ज्वरोबाट सुरु हुन्छ, छाती दुख्छ। अनुहार सुन्निन्छ। मस्तिष्कमा जलन बढ्छ। र मानिस बहिरो हुन्छ।

सुरुवाती चरणमा मात्र यसको उपचार सम्भव छ।

५. रेबिज

रेबिजको निकै लामो इतिहास छ, २३०० BC सम्म। सो समयमा बेलिलोनियनहरु कुकुरले टोकेपछि बहुलाएर मरेका घटनाहरु भेटिएका छन्। यो भाइरस आफैमा निकै घातक भाइरस हो। तर यो भाइरस शरिरमा प्रवेस गर्नसाथ यसको खोपहरु लगाए यो पुरै सन्चो हुन्छ।

रेबिज खोप सुलभ पाइने भएकाले अहिले यसको माहामारी छैन। तर यदाकदा संक्रमित जनावरहरुले टोकेमा मानिसमा देखिने गरको छ। यो भाइरसले केन्द्रिय स्नायु प्रणालीमा आक्रमण गर्छ, जसले संक्रमितको मृत्यु निश्चत हुन्छ। यसको संक्रमण पश्चात पछिल्ला चरणमा ज्वरो आउने, विचार र बोली अस्पष्ट हुने, दृष्टिभ्रम, मतिभ्रम हुने, हिंसात्मक व्यवहार देखाउने लक्षण देखिन्छ।

यी ५ घातक भाइरस बाहेक डेङ्गु र इन्फ्लुएन्जा पनि घातक भाइरसकै सूचीमा पर्दछ।