काठमाडौं, भदौ १९ गते । नेपालमा कोरोनाभाइरसका एक हजार २४ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा छ हजार ७५३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ६८ हजार २९५ पुगेको छ । हालसम्म ३९ लाख ५२ हजार ९४२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार १९५ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म सात लाख २५ हजार ६५१ जना कोरोनामुक्त भएका छन् । गएको चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८१८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयले हाल नेपालमा ३१ हजार ८२६ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ ।