10 Years
video

नव वर्ष २०७९ कस्तो रहला ?

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

सुरेशचन्द्र रिजाल/ज्योतिष तथा बास्तुविद्

ज्योतिषीय आधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्छ । तिथि चन्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैतको पहिलो सातादेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्छ ।

‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’ यस श्लोकको आशयबमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन् भन्ने धार्मिक मान्यता पनि रहँदै आएको छ ।

हामीले मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ, आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चिरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको मानिन्छ ।

ज्योतिषीय आधारमा आगामी नयाँ वर्ष २०७९ मा निम्न विशेषताहरू समावेश भएको देखिन्छ । यस वर्ष राक्षस नामको संवत्सर सकिएर नलूनामको संवत्सर प्रारम्भ भएको छ । नयाँ संवत्सरको फल विचार गर्दा वर्षको सुरुदेखि नै चुनावी माहोल बनिरहेकाले सत्ताधारी प्रशासकहरूमा नकारात्मकता देखिए पनि समग्रमा यो वर्ष आमजनताका लागि सकारात्मक नै रहने देखिन्छ ।

वैशाख ९ गते सम्म चुनावी तालमेलमा अशुभ योग परेकाले चुनाब सार्ने शक्तिको सकृयता बनिरहने छ । यस वर्ष शनि राजा र देवगुरु बृहस्पति मन्त्रीको भूमिकामा वर्षभरि शुभ वृद्धि भावमा रहनेहुदा बिशेषतस् शनि तथा बृहस्पतिको सकारात्मक तालमेल हुदा कृषि तथा पर्यटनबाट पूर्णरूपमा सहयोग बनिरहने छ ।

नयाँ संवत्सर प्रारम्भ हुने दिन वर्षको राजा हुने र वैशाख सङ्क्रान्तिको दिन मन्त्री हुने व्यवस्था छ । यसवर्ष संवत्सर प्रारम्भ हुने दिन चैत १९ गते शनिबार परेकाले शनिग्रह वर्षभरिका लागि राजा र वैशाख १ गते बिहीबार परेकाले मन्त्रीको पद देवगुरु बृहस्पति ग्रहलाई प्राप्त भएको हो ।

त्यसैले यस वर्ष राजा शनि तथा मन्त्री बृहस्पतिको सकारात्मक तालमेल हुँदा माङ्गलिक कार्यहरूमा बढोत्तरी हुनेछ । बाह्य पर्यटनको उल्लेख्य रुपमा उपस्थिति र कृषिमा आधुनिकीकरण हुनेयोग परेकाले आर्थिक रुपमापनि सुधार हुने हुँदा आमजनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ ।

शनि तथा बृहस्पति ग्रहको प्रभावका कारण आममानिस पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन् । मंगल शुभ भावमा रहनाले शान्ति सुरक्षाको स्थितिमा सुधार आउनेछ, आमजनताले शान्तिको सास फेर्न पाउने छन् ।

यद्यपि पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानीनोक्सानी हुनेछ, आयातित सामग्रीको मुल्य बढ्नेछ, बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण फलफूल र बालीनालीमा देशको दक्षिणी भेगमा नोक्सानी हुने सम्भावना छ ।

पछिल्लो समयमा देखा परेरको आर्थिक संकट राजा शनिका कारण विस्तारै सुधार हुँदै जाने छ । बाह्य देशको सहयोग पूर्णरूपमा प्राप्तिको योग वर्षभरी नै बनिरहनेछ । अन्तरास्ट्रिय स्तरमा नेपालको उड्डयन क्षेत्रमा लगाईदै आएको कालोसूची यसै वर्षबाट हटाउन सक्नेछन् ।

लामो समयदेखि घाटामा रहेको शेयरबजार वैशाखको दोस्रो हप्ताबाट विस्तारै सुधार हुँदै जाने छ । छिमेकी देशसँगको सम्बन्ध वर्षभरि नै सकारात्मक रहिरहने छ । कला तथा साहित्यका क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै जानेछ । समग्रमा २०७९ साल सकारात्मक नै रहने छ ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 79122 Views
  2. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 365895 Views
  3. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 367974 Views
  4. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 366714 Views
  5. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 365957 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet