यस्तो हुन्छ सोमबार जन्मने व्यक्तिको भाग्य, तपाई कुन बारको ?


काठमाडौँ । मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल, महिना, गते, जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ।
मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मवार बाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ। ज्योतिष शास्त्रका अनुसार सोमबार जन्मेका र जन्मने व्यक्तिको गुण, स्वभाव र भविष्य यस्तो हुन्छ।
सोमबार जन्मिएका मानिसको स्वभाव
सोमबार जन्मिका मानिसको स्मरण शक्ति तेज हुन्छ। जसले गर्दा पढाईमा ध्यान दिने गर्छन्। सोमबार जन्मिने ब्यक्तिको बोली निकै मिठो हुन्छ। जसले गर्दा उनीहरू सजिलै अरुलाई आकर्षित गर्न सक्ने हुन्छन्।
यस्ता मानिसको जीवनमा सुख दुःख बराबर जस्तै हुन्छ, उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ। सोमबार जन्मिएका मानिसले सबै प्रकारको सम्बन्धलाई महत्व दिन्छन्।
सानो विषयमा पनि संवेदनशील हुने भएको कारणले काम गर्नु अगाडि नर्भस हुन्छन्। सोमबार जन्मिएका मानिसलाई आफ्नो परिवारसँग प्रशस्त समय बिताउँन रूचाउँछन्।
ध्यान दिएर काम गर्ने भएको कारणले यस्ता मानिसहरू जीवनकालमा सफल हुन्छन्। सोमबार जन्मने महिलाहरू लजालु स्वभावका हुन्छन्।
सोमबार जन्मिने मानिस विद्वान, कुशल र बहादुर हुन्छन्। सोमबार जन्मेका पुरुषहरू पनि माया गर्ने स्वभावका हुन्छन्। तर महिलाको तुलनामा पुरुष बढी लोभी हुने गर्छन्। सोमबार जन्मिने मानिसलाई श्वास प्रश्वासको रोग लाग्ने सम्भावना कम हुन्छ।
सोमबार के गर्दा शुभ हुन्छ ?
सोमबार कुनैपनि कार्य गर्नका लागि सोमवार शुभ मानिन्छ। सोमबार जन्मिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने शास्त्रमा लेखिएको छ।
सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ। हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ भने सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा–आरधना गरे शिवजी चाँडै नै खुसी हुने उल्लेख छ।
यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ।
कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक छाक मात्रा खानुपर्दछ भने खानामा नुनरतेल मिसाउन मनाही छ।
कष्ट हटाउन यसो गर्नुहोस्
शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ। मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस्।
चामल, दूध, चाँदी दान गर्नुहोस्। चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ।
खीर खानु पनि शुभ हुन्छ। जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस्। चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ।