10 Years
video

‘म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ

buddhakatha

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ ।

परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन ।

भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे ।

म किन गरीब ? त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो ।

भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्‍यो अनि प्रश्न अघि सार्‍यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’

उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्‍यो, ‘म सँग केही हुनुपनि त पर्‍यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान-बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’

त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो ।

त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 88160 Views
  2. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 90343 Views
  3. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 89554 Views
  4. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 89347 Views
  5. A Couple of Points To Consider When Selling Real Estate 89108 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet