10 Years

यी ३ समयमा कहिल्यै पनि नसुत्नुस ! जानकारीको लागि शे यर गरि जान्नुहोस !

sutai

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

मानिसलाई समान्यतया सुत्नु जरुरी छ सुत्नु भनेको नै आराम गर्नु हो । अधिकांश मानिसहरु दिन ५÷६ घण्टा सुत्छन् । तर यसको सुताईको समय भने मानिससले ध्यान दिन जरुरी छ । गलत समयमा सुत्दा स्वास्थ्यका लागि घातक समेत हुन सक्छ । त्यसैगरी धामिर्करुपमा पनि गलत समयमा सुत्नु नराम्रो मानिन्छ । धर्म शास्त्रहरुमा तीन समयमा सुत्नै नहुने उल्लेख छ ।

१. सुर्योदय पछिको सुताइ सूर्योदयपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिहरुसँग जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । सधैँ मानसिक तनाव हुन्छ । र स्वास्थ्य पनि राम्रो हुँदैन । २. मध्यान्नको सुताइ शास्त्रका अनुसार मध्यान्नमा पनि सुत्नु हुदैन । यतिबेला सुत्नु पनि नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने बताइन्छ । खासगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी लाग्ने समस्या देखिन्छ । मध्यान्नको सुताइले पाचन प्रणालीमा पनि समस्या आउँछ । अपच र कब्जियत पनि हुने जानकारहरु बताउँछन् । धर्मशास्त्र अनुसार पनि मध्यान्नमा सुत्ने मानिस रागी हुन्छ ।

३. सूर्यास्त समयको सुताइ सूर्यास्त अर्थात सन्ध्याकालीन समयको सुताइ पनि खराब मानिन्छ । खासगरी सुर्यास्तको समयमा पुजा अर्चना गर्ने समय भएका कारण्ँ पनि यतिबेला सुत्नु हुँदैन भन्ने धार्मिक विश्वास छ । शास्त्रका अनुसार विनाकारण साँझको समयमा सुत्ने व्यक्ति सफलता पाउन सक्दैनन् । धामिर्क मान्यता अनुसार सूर्यास्तको समयमा सबै देवी देवता पृथ्वीको भ्रमण गर्ने भएकाले पनि यस समयमा आलस्य देखाउनु हुँदैन ।

अन्य समाचार,डा.मिना झा भन्नुहुन्छ महिलाकोमासुपलाउदै मा पाठेघर नै काटेर फाल्नु पर्दैन, यसरी सजिलै सँग सामाधान गर्न सकिन्छ ?तपाइ पनि एक शेयर गर्नुहोस ! बनेपाकी ३० वर्षीया शर्मिला (नाम परिवर्तन) लगातार रक्तश्राव भएपछि चिकित्सककहाँ पुगिन्। अल्ट्रासाउण्ड गरेपछि चिकित्सकले भने, ‘पाठेघरमा मासु पलाएको छ, तुरुन्त अप्रेशन गर्नुपर्छ ।’ एक सन्तानकी आमा शर्मिला चिकित्सकको कुरा सुनेर आत्तिइन्। उनले औषधि खाएर निको हुन्छ कि ? भनेर सोधिन् पनि। तर, चिकित्सकले पाठेघरमा मासु पलाएकोले पाठेघरै फाल्नुपर्ने दोहो¥याए।दोस्रो सन्तानको योजनामा रहेका शर्मिला र उनका पतिका लागि सुखद् समाचार थिएन यो ।

उनको उमेर पनि त ३० वर्ष मात्रै थियो। चिकित्सकले अप्रेशनबाहेक अर्को उपाय नभएको बताएपछि उनीहरुले अप्रेशनका लागि मिति समेत लिए।अपे्रेशनको मिति जति नजिक आयो, चिन्तापनि थपिंदै गयो। पहिलो मिति बहाना बनाएर टारे। अस्पतालले अर्को मिति दियो । अस्पतालले पटक–पटक फोन गरेर अपे्रशनका लागि बोलाइरह्यो । मनले नमानेपछि उनीहरुले अन्य ३÷४ जना काठमाडौंका नाम चलेका स्त्री रोग विशेषज्ञसँग जाँच गराए।शर्मिलाले भनिन्, ‘अधिकांश चिकित्सकले औषधि खाएर निको हुन्छ भनेपछि मेरो मन ढुक्क भयो।

नत्र मलाई राति निद्रा नपर्ने, चिन्ता लागिरहने समस्या भयो। झण्डै डिप्रेशन भएको।’ शर्मिला मात्र होइन, रुपन्देहीबाट आएकी राधा भण्डारीलाई पनि यस्तै समस्या देखिएको थियो। उपचारका लागि प्राइभेट अस्पतालमा पुगेकी उनलाई चिकित्सकले पाठेघरमा मासु पलाएकोले तुरुन्तै फाल्नुपर्छ भने । उनले अन्य चिकित्सकसँग पनि परामर्श गरी औषधि खाइरहेको बताइन्। ‘आजकल त के भएको, एउटै चिकित्सकलाई देखाएर त विश्वासै नलाग्ने, चिकित्सकपिच्छे फरक कुरा आउँछ, कसको कुरा ठीक हो पत्याउनै गाह्रो।’स्वास्थ्यखबरको सम्पर्कमा आएका यी दुई महिलाको विषयपछि स्वास्थ्यखबरले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग चासो रोखेको थियो । सो क्रममा यी महिलाजस्तै धेरै महिलालाई चिकित्सकले पाठेघर नै फाल्नुपर्छ भनेर कर लगाउने गरिएको भेटियो। स्त्री रोग विशेषज्ञकहाँ पुग्ने धेरै महिलामा पाठेघरको मुखमा मासु पलाउने समस्या देखिन्छ। पाठेघरमा मासु किन पलाउँछ ?

पाठेघरमा मासु पलाउने बित्तिकै शल्यक्रिया आवश्यक छ वा छैन ? यिनै विषयमा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा २५ वर्षदेखि कार्यरत स्त्री रोग विशेषज्ञ डा. मीना झासँग गरिएको कुराकानी।पाठेघरमा मासु किन पलाउँछ ? पाठेघरमा मासु पलाउनुको कारण यही नै हो भन्ने छैन। वंशाणुगत कारणले पनि हुन्छ। कतिपय अवस्थामा थाहा नै हुँदैन। अन्य समस्या लिएर अस्पताल आएका महिलालाई समस्याका आधारमा जाँच गरेपछि मात्र थाहा हुन्छ पाठेघरमा मासु पलाएको रहेछ ।

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet