16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeEntertainmentसलमान खान नेपाल आउँदा हेर्ने शुल्क ५ देखि २५ हजारसम्म- Salman Khan...

सलमान खान नेपाल आउँदा हेर्ने शुल्क ५ देखि २५ हजारसम्म- Salman Khan in Nepal

काठमाडौं। भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन्। ‘दशंग टुर’ मार्फत उनी नेपाल आउन थालेका हुन्। त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएका छन्।

दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ। त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ। त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ। जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काटेका छन्। उनले पाँच हजार रुपैयाँको टिकट काटेका हुन्।

उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ। जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ।

उनको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । यसअघि सन् २०१८ मा उनी नेपाल आउन लागेका थिए। कोरोना महामारीका कारण स्थगित भएको थियो।

सलमानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन्।

उनको भ्रमणमा अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि सहभागी हुँदै आएकी छिन्।

नेपालमा आयोजित कार्यक्रममा पनि दर्जन बढी भारतीय कलाकारको टिम आउने आयोजक ओडिटीले जनाएको छ।


यो पनि Salman Khan in Nepal

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular