16.1 C
Kathmandu
Thursday, June 30, 2022
HomeEntertainmentपल शाह प्रकरण : जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर, अभिनेता थुनामै...

पल शाह प्रकरण : जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर, अभिनेता थुनामै रहने

-->

९ जेष्ठ २०७९, बिहीबार काठमाडौं । उच्च अदालत पोखराले जबरजस्ती करणीको आरोप लागेका मोडल एवं अभिनेता पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।

विहीबार (आज) बहसपछि उच्च अदालत पोखराका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र उज्ज्वल शुक्लको संयुक्त इजलासले तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई नै सदर गरेको हो ।

अभिनेता शाहले साधारण तारेखमा रिहा गर्नका लागि गरेको मागलाई अदालतले अस्वीकार गरेको हो । अब कम्तिमा फैसलासम्म अभिनेता शाह थुनामै रहने भएका छन् । अभिनेता शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

आज भएको सुनवाइमा ‘पीडित’ किशोरीको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए, भने अभिनेता शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए । अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए ।

मौसम:

budhanilkantha-temple

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

0
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -