10 Years
video

प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

उदयपुर l सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने । त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या हजारौ हजार हुन्छन् ।

इसाको छैटाैँ, सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ ।

दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रिय स्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख के को हो । प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्र देखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन अर्थात वैशाख १ गते त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासी फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः ओइलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ ।

लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्ला अन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो भनिन्छ । आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् भनिन्छ ।

सलहेशलाई मनमनै ह्दयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा बैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोहि दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहि आएको स्थानीयबासीको भनाई रहेको छ ।

राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, बिराटपुर, त्रिवेणी धाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । बैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् ।

जुन फूल हेर्न देश–विदेशबाट हजारौको संख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिस दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे ।

मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेम विछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहि आएकाले यस फूलबारी भित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको पाइन्छ ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 80356 Views
  2. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 367122 Views
  3. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 369199 Views
  4. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 367939 Views
  5. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 367173 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet