Corona Update Kathmandu : काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Corona Update Kathmandu
मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २९ जना र १ हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण ३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ०६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २३ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ ले ज्यान गुमाइसकेका छन् । हाल नेपालमा २ सय १७ जना सक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् ।
Asthama Attack : दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बर,
Read this corona update news:
भारतमा कोरोना संक्रमण बढ्न थाल्यो, सचेत बनौं : स्वास्थ्य मन्त्रालय
१९ वैशाख, काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड पालना गर्नुपर्ने बताए ।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘विश्वव्यापी रुपमा संक्रमण घटेको भएपनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ । हाम्रोमा एकदमै चाँडै त्यही अवस्था आउँछ । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौं’ उनले भने ।
पहिलो लहरम भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको र दोस्रो लहरमा दुई हप्तामै नेपालमा फैलिएको उनले बताए ।
‘चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ’ उनले भने ।
सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए । यद्यपि यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने उनको भनाइ छ ।