16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeHealth & Fitnessउमालेको चियापत्ती नफाल्नु होस् दिन्छ अब यस्तो काम

उमालेको चियापत्ती नफाल्नु होस् दिन्छ अब यस्तो काम

काठमाडौ । प्राय: मानिस चिया पिउँछन् । चिया बनाएपछि मानिसले चियापत्ती फ्याँकिदिन्छन् किनकि त्यसको कुनै उपयोग हुँदैन भने सोच्छन् । तर उम्लेको चियापत्तीको पुनः उपयोग गर्न सकिन्छ । चियापत्तीमा भएको एन्टीअक्सिडेन्टले छाला निखार्छ अनि यसको अन्य उपयोग पनि छ । घाउमा लगाउनु : चियापत्तीमा घाउ सुकाउने तत्त्वहरू हुन्छन् । चियापत्तीलाई उमालेर त्यसको लेप लगाउनुस् । चियापत्ती उमालेको पानीले घाउ धुनुभयो भने राम्रो हुन्छ ।

काबुली चनामा हाल्नु : काबुली चनालाई उमालिरहनुभएको छ त्यसमा अलिकति उम्लेको चियापत्ती हाल्नुस् । त्यसले चनाको रंग गाढा बनाउँछ । शीशा चम्काउन : चियापत्ती उमालेर त्यो पानीलाई चिसो बनाउनुस् अनि छान्नुस् । त्यो पानीलाई स्प्रेको बोतलमा हालेर शीशा सफा गर्नुभयो भने चम्किन्छ । फर्निचर सफा : फर्निचरलाई सफा गर्नका लागि चियापत्तीको प्रयोग गर्न सक्नुहुन्छ । उमालेको चियापत्तीलाई राम्ररी धोएर छान्नुस् । पानीलाई स्प्रे बोतलमा भरेर फर्निचरको सफाइ गर्नुस् । फर्निचर चम्किनेछ ।


बिरुवाको खाद : उमालेको चियापत्ती बिरुवाको खादका रूपमा पनि प्रयोग गर्न सकिन्छ । बिरुवालाई पानीका साथसाथै समय समयमा खाद पनि आवश्यक हुन्छ । बाँकी रहेको चियापत्ती गमलामा हाल्नुस् । यसले गर्दा बिरुवा स्वस्थ रहन्छन् र छिट्टै बढ्छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular