10 Years

तालु खुइलिएर लाजमर्दो भयो ? नो चिन्ता ! यी उपाय अपनाउनुहोस् त्यसपछि समस्या चट्

talukhuile

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

काठमाडौं । वृद्ध भएपछि कपाल झर्नु, तालु खुइलिनु सामान्य हो । तर बदलिदो हावापानी, जीवनशैली आदिका कारण युवाहरुमा पनि कपाल झर्ने र तालु खुइलिने समस्या बढ्दै गएको छ । कपाललाई सौन्दर्यसंग जोडेर हेरिने हुनाले कपाल झरे समस्या धेरैको लागि तनावको विषय हुने गर्छ ।

कपाल झर्ने तथा तालु खुइलिने समस्याबाट छुटकारा पाउनको लागि अनेक औषधिहरु प्रयोग गर्ने गरिन्छ । त्यस्तै, केही नक्कली कपाल रोप्ने वा लगाउने पनि गर्छन् । यसको लागि धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ । एउटा घरेलु उपायलाई निरन्तर रुपमा अपनाउन सक्ने हो भने ती सबै तनावबाट छुटकारा पाउन सकिन्छ । घरेलु उपायले अन्य औषधिको तुलनामा ढिलो काम गर्छ, तर नकारात्मक असर नपारी नै राम्रो नतिजा दिन्छ ।

कपालको लागि कलोन्जीको तेल सबैभन्दा उपयुक्त मानिन्छ । कलोन्जी तेललाई अनियन सिड्स पनि भनिन्छ, तर यो प्याजको बियाँ भने होइन । कलोन्जीलाई परिकारहरु स्वादिष्ट बनाउनको लागि भान्सामा पनि प्रयोग गर्ने गरिन्छ । यो स्वास्थ्यका दृष्टिकोणले पनि अत्यन्तै लाभदायक हुन्छ । भनिन्छ, कलोन्जीमा मृत्यु बाहेक अरु सबै रोगलाई निको पार्ने औषधीय गुण हुन्छ । कलोन्जीमा चिल्लो पदार्थ, फाइबर, जिङ्क, प्रोटिन, प्रोटिन, काइब्रोहाइड्रेट, आइरन, भिटामिन लगायतका पोषक तत्व हुन्छन् ।

तालु खुइलिनबाट रोक्नको लागि कलोन्जीको तेल लगाउनुभन्दा पहिले टाउकोमा कागती लगाउनुपर्छ । यसको लागि सुरुमा कागतीको रसलाई कपालको जराजरामा लगाएर मालिस गर्नुपर्छ । पन्ध्र देखि बीस मिनेटसम्म मालिस गरेपछि पानीले पखाल्नुपर्छ । त्यसपछि कपाल सुकाएर कलोन्जीको तेल लगाएर टाउको मालिस गर्नुपर्छ ।

https://web.archive.org/web/20190806140733/https://youtu.be/sUZfry6dJRM

 

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet