10 Years

कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ

woman-holding-her-stomach

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

कब्जियत भनेको जो कोहीलाई पनि हुन सक्छ । झन् अहिले कोरोना महामारीको समयमा सबै जना घरमै बस्ने हुँदा विभिन्न परिकार बनाउने, चिल्लो, पिरो, मसालादार खानाहरुको सेवन गर्ने जस्ता बानीले पनि कब्जियतको समस्या निम्तिन सक्छ । त्यसो त कब्जियत आफैमा कुनै रोग होइन । यो विभिन्न रोगका लक्षण हुन सक्छ । पाचन प्रणालीमा आउने समस्या नै कब्जियत हो । कब्जियतकै कारणले विभिन्न रोग निम्त्याउने पनि सक्छ । तर, खानपान र जीवनशैलीमा ध्यान दिने हो भने कब्जियतको समस्याबाट टाढै रहन सकिन्छ ।

कब्जियत हुने कारण: शरीरमा पानीको मात्रा कम हुँदा कब्जियत हुन्छ । स्वस्थ व्यक्तिको दिसामा लगभग ७५ प्रतिशत पानी हुन्छ । एकपटकमा लगभग दुईसय मिलिलिटर पानी दिसासँगै जान्छ । तर शरीरमा पानी नै कम भए कब्जियत हुन्छ । आन्द्रमा अत्याधिक पानी सोसिँदा पनि कब्जियत हुन्छ । यस्तै आन्द्राको चल्ने गति नै कम हुँदा पनि कब्जियतको समस्या हुन्छ । खाना खाने समय बेमेल हुँदा पनि कब्जियत हुनसक्छ । हरेक दिन एकै समयमा मिलाएर खानु राम्रो हुन्छ । नियमित व्यायाम नगर्ने व्यक्तिमा पनि कब्जियतको समस्या हुन्छ ।

मानसिक रुपमा तनाव र चिन्ता लिने व्यक्ति पनि कब्जियतको सिकार बनेको पाइन्छ । तनावले पाचक्रियामा असर पुर्याएर गराउँछ । कतिपय व्यक्तिले दिसा लाग्दा पनि ट्वाइलेट नजाने तथा दिसा गर्ने नियमति बानी नबसेका हुन्छन् । दिसा निष्काशन हुने इच्छालाइ दबाउँदा पनि कब्जियत हुन्छ । आन्द्रा तथा मलद्वारमा समस्या भए पनि कब्जियत हुनसक्छ । यस्ते नसासम्बन्धि विभिन्न समस्या जस्तै पक्षघात प्यारालाइसिस, मष्तिष्कघात भएका तथा धेरै औषधि सेवन गर्नेलाइ पनि कब्जियत हुन्छ ।

समाधान: खानपान र जीवनशैली व्यवस्थित बनाए कब्जियतको समस्या आउनै सक्दैन भने समस्याको समाधान गर्न पनि सकिन्छ । नियमति व्यायाम गर्नु पहिलो जिम्मेवारी हुनेछ । व्यायामले आन्द्राको गतिविधि बढाउने र मांसपेशी क्रियाशिल राख्ने काम गर्छ। विभिन्न खालका योग पनि कब्जियतका रोगीलाइ उपयोगी हुन्छन् । बिहान खाली पेटमा घिउकुमारीको पातको गुदी २० ग्राम सेवन गर्नाले पनि कब्जियतमा फाइदा गर्छ । प्रत्येक दिन फाइबरयुक्त खाना २०–३५ ग्राम सेवन गरेमा दिसालाइ नरम बाउन मद्धत गर्छ ।

चोक्कर, आटा, ब्राउन राइस, जौ, गेडागुडी अन्न, छोकडा, किसमिस, ओखर, बदामजस्ता फल सबै किसिमका फलफूल तथा हरियो तरकारी र सागपातमा फाइबरको मात्रा बढी हुन्छ । कब्जियतको समस्या भोग्नेहरुले पानी प्रशस्त पिउनुपर्छ । बिहान उठ्नेवित्तकै पानी पिउनाले ग्यास्ट्रोकोलिक रिफ लेक्स उत्तेजित गर्छ । दिनमा ६–८ गिलास पानी पिउनु पर्छ । मध्यपान र ध्रमपानबाट टाढा रहनुपर्छ ।

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet