10 Years
video

डिप्रेसन, छाती दुखाइ , कब्जियत, ब्लड सुगर , अल्सरबाट मुक्त हूनदेखी दिमाग तेजिलो बनाउनसम्म केराको प्रयेाग यसरी गर्नूहोस

kera

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमितता, कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि केराले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

केराले तत्काल ऊर्जा दिन्छ । त्यही भएर कमजोर हुनेबित्तिकै केरा खान सल्लाह दिइन्छ । यही भएर विश्वका प्रख्यात धावकहरुका लागि केरा एउटा महत्वपूर्ण फल हो । तीनवटा केराले ९० मिनेट गरिने कामका लागि ऊर्जाका दिने अनुसन्धानकर्ताहरुले औँल्याएका छन् । तर, केराले ऊर्जा मात्र दिँदैन, यसले हामीमा हुने अधिकांश कमजोरीबाट समेत बचाई दैनिक भोजन प्रदान गर्छ ।

मुटुजन्य समस्यामुक्त
ब्रेकफास्ट, लन्च र डिनरको समयमा एक एक ओटा केरा खाँदा शरीरलाई आवश्यक पोटासियम पर्याप्त प्राप्त हुने र यसले रगत जम्ने समस्याबाट मुक्ति हुने २१ प्रतिशत सम्भावना भएको बेलायती र इटालीका वैज्ञानिकहरुले बताएका छन् । यो अध्ययनलाई अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशन गरिएको छ ।

वैज्ञानिकहरुले विभिन्न अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालेका हुन् । दैनिक १६ सय एमजी पोटासयुक्त खानेकुराले पाँच भागमा एक भाग स्ट्रोकको समस्या घट्छ । औसत केरामा करिब पाँच सय मिलिग्राम पोटासियम हुन्छ । पोटासियमको यस मात्राले रक्तचाप घटाउँछ र शरीरमा तरल पदार्थको सन्तुलनमा नियन्त्रण ल्याउँछ । दी न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनको यसअघिको एक अध्ययनअनुसार नियमित डाइटका रुपमा केरा खाँदा स्ट्रोकबाट हुने खतरालाई ४० प्रतिशतले घटाउँछ ।

हड्डी बलियो
हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डिबोराह सेलमेयर बताउँछन् । केरा खाँदा महिलाको हड्डी बलियो हुने सेलमेयरको भनाइ छ ।

डिप्रेसनबाट मुक्त

डिप्रेसनबाट पीडित बनेका अधिकांशले आफूलाई केरा खाएपछि धेरै राम्रो हुने गरेको बताएका थिए । यसको एउटै कारण छ, केरामा ट्राइपटोफान नामक एक प्रकारको प्रोटिन हुन्छ । त्यसलाई हाम्रो शरीरले सेरोटोनिनमा बदलिदिन्छ । सेरोटोनिनले हामीलाई खुसी बनाउने र मुड सुधार ल्याउँछ अनि डिप्रेसनबाट धेरै हदैसम्म मुक्ति दिलाउँछ । तसर्थ, केरा र खुसीबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।

पीएमएस
मासिक धर्मअगाडि पेट दुख्ने र निराश हुने समस्याबाट आजित हुनुहुन्छ भने पिल्स होइन बरु एउटा केरा खानुहोस् । केरामा हुने भिटामिन बी ६ ले ब्लड ग्लुकोजको तहलाई नियन्त्रण गर्छ । तपाईंको मुड सकारात्मक बन्छ ।

एनेमिया
उच्च आइरनयुक्त केराले शरीरमा हेमोग्लोबिनको उत्पादनमा वृद्धि गर्ने र एनेमियाको समस्याबाट मुक्त बनाउँछ ।

रक्तचापको समाधान
उष्ण प्रदेशमा अत्यधिक पाइने केरामा पोटासको मात्र अत्यधिक भए पनि नुनको मात्रा भने न्यून हुन्छ । त्यसका कारण उच्च रक्तचापको समस्या समाधान गर्न सघाउँछ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले केरामा उच्च रक्तचाप र स्ट्रोकको समस्या घटाउने क्षमता हुने जनाएको छ ।

दिमाग तेजिलो
केरा र दिमागी तेजबीच पनि अनौठो सम्बन्ध छ । नियमित केरा खानको मस्तिष्क तेज हुने विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ ।अमेरिकामा दुई सय जना स्कुले विद्यार्थीलाई ब्रेकफास्ट, ब्रेक र लन्चको समयमा नियमित केरा खुवाई उनीहरुको स्मरणशक्तिलाई सशक्त बनाइएको थियो । पोटासियमयुक्त केराले विद्यार्थीलाई धेरै सचेत गराएको अनुसन्धानहरुले देखाएका छन् ।

कब्जियतको औषधि
उच्च फाइबरयुक्त केराले कब्जियत रोगका लागि औषधि नै हो ।

ह्याङओभर
मदिराको ह्याङओभर भएर हिँडडुल गर्न कठिनाइ भएको छ ? छ भने एक, दुई कोसा केराले नै तत्काल ह्याङओभर हटाइदिन्छ । केरासँग मह मिसाएर खानेबित्तिकै यसले पेटलाई आराम गरिदिन्छ ।

छाती दुखाइमा निको
केरामा एन्टिएसिड तत्व हुन्छ । तसर्थ छाती मुटु पोल्ने समस्या छ भने तत्कालै राहत मिल्छ ।

मर्निङ सिकनेस रोक्छ
गर्भवतीमा हुने वाकवाकी, वान्ता, चक्कर लाग्ने जस्ता मर्निङ सिकनेस रोक्न पनि केरा उपयुक्त हुन्छ । केराले रगतमा सुगरको तहलाई उच्च बनाइदिन्छ ।

लामखुट्टेको टोकाइबाट बच्न
केराको बोक्राभित्रको गुदो शरीरमा दल्दा लामखुट्टले टोक्दैन । त्यस्तै सुन्निएको ठाउँमा केरा दल्दा पनि निको हुुने धेरैको विश्वास छ ।

शान्त बनाउँछ
केरा भिटामिन बीयुक्त भएकाले यसले स्नायुप्रणालीलाई शान्त पार्न पनि सहयोग पु¥याउँछ ।

ब्लड सुगर नियन्त्रण
इन्स्टिच्युट अफ साइकोलोजी इन अस्ट्रेलियाको अध्ययनअनुसार काममा हुने चापले चकलेट र चिप्सलगायतका फास्टफुडमा निर्भर हुने गर्छन् । पाँच हजार अस्पतालका बिरामीमा गरिएको अध्ययनमा अधिकांश मोटा बिरामी बढी तनाव हुने काममा आबद्ध हुने बताएका थिए । सो अध्ययनअनुसार हरेक दुई, दुई घन्टामा कार्बोेहाइडे«डयुक्त खाना खाएर हाम्रो शरीरको ब्लड सुगरलाई नियन्त्रण गर्नुपर्छ र त्यसका लागि केरा पनि एउटा महत्वपूर्ण फल हो ।

अल्सरबाट बचाउँछ
नरम र चिप्लो गुणका कारण कुनै पनि आन्द्रासँग सम्बन्धित असन्तुलनविरुद्ध केरालाई एउटा पोषणयुक्त खानाका रुपमा लिन सकिन्छ । एक त यो फल सजिलै खान सकिन्छ, अर्कोतर्फ शरीरको बढी भएको एसिडिटीलाई तटस्थ बनाइदिन्छ ।
तापक्रम नियन्त्रण
अन्य फलफूलको तुलनामा केरा निकै शान्त फल हो । यसले आमा हुन लागेकाहरुलाई शारीरिक र मानसिक रुपमा शान्त बनाइदिन्छ । बच्चा जन्मिँदा मानसिक शान्ति होस् भनेर थाइल्यान्डमा गर्भवतीले नियमित केरा खाने गर्छन् ।
– एजेन्सी

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 88201 Views
  2. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 90384 Views
  3. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 89595 Views
  4. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 89388 Views
  5. A Couple of Points To Consider When Selling Real Estate 89149 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet