10 Years

ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने ,यस्ता छन घरेलु उपचार

gastic

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

काठमाडौं – ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै ग्यास्ट्रिकको लक्षण हो ।

यसबाट बच्ने घरेलु उपायहरू यस्ता रहको छन्

बेसारको पात: बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

अम्बाको पात : एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहुं पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

आलुको जुस : आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।
अदुवा : ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

दालचिनी : तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।

लसुन : २ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु ।

पुदिना : एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet