16.1 C
Kathmandu
Thursday, June 30, 2022
HomeJiban Sailiयी हुन् ३० पटक जागिरबाट अस्वीकृत भएका अर्बपति

यी हुन् ३० पटक जागिरबाट अस्वीकृत भएका अर्बपति

-->

बेइजिङ (एजेन्सी) – अलिबाबाका कार्यकारी अध्यक्ष ज्याक मा विश्वमै सर्वाधिक सफल व्यबसायीमध्ये पर्छन् । उनको ई–कमर्स कम्पनी अलिबाबाले दैनिक १० करोड खरिदकर्तालाई आकर्षित गर्ने गरेको छ । तर,चीनकै धनी हुनुभन्दा पहिले उनी जागिर खान गएकोमा विभिन्न कम्पनीबाट अस्वीकृत भएका थिए ।

उनले चार्ली रोजसँगको अन्तर्वार्तामा कलेज प्रवेशका लागि ३ पटक असफल भएको बताएका छन् । कलेजबाट अस्वीकृत भएपछि उनले विभिन्न ३० जागिरमा आवेदन हाले पनि सफल नभएको उल्लेख गरेका छन् ।
‘म प्रहरीको जागिरका लागि पनि गएको थिएँ , तर उनीहरुले मलाई राम्रो नभएको बताए,’ माले रोजसँग भनेका छन्,‘म जागिरका लागि केएफसी पनि गएँ । जागिरका लागि त्यहाँ २४ व्यक्तिको आवेदन पनि परेको थियो । २३ जनालाई जागिर दिइयो तर मलाई फालियो ।’

उनले सन् १९९८ मा अलिबाबा कम्पनी स्थापना गरेका थिए । सो समय उनले प्रशस्त अवरोधको सामना गर्नुपरेको थियो । सुरुका ३ वर्ष उनको कम्पनी नाफामा गएन । त्यसपछि उनले केही सिर्जनात्मक काम गर्न आवश्यक पर्यो । कम्पनीका विभिन्न चुनौतीमध्ये भुक्तानी पनि देखापरेको थियो । कारोबार लेख्छ – कुनै पनि बैंकले उनीसँग मिलेर काम गर्न इच्छा व्यक्त गरेनन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

मौसम:

budhanilkantha-temple

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

0
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -