10 Years
video

Iran : बिहे गर्नुअघि जहाँ महिलाले आफू कुमारी भएको प्रमाणपत्र देखाउनुपर्छ

iran

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकारविरुद्ध मान्ने गरेको छ। विगत केही वर्षयता मानिसहरूले त्यस्तो प्रचलनविरुद्ध अभियान चलाउन थालेका छन्।

“तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।”

पहिलो पटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको रक्तस्राव भएको थिएन।

उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी कुमारी भएको प्रमाणपत्र मागे।

इरानमा यस्तो घटना नौलो होइन। विवाहको कुरो छिनेपछि धेरै महिला चिकित्सककहाँ जान्छन् र एक किसिमको परीक्षण गराउँछन् जसले उनीहरूले कहिल्यै यौन सम्पर्क नराखेको प्रमाणित गर्छ।

‘कुमारीत्व उपचार’: के हो र किन यसविरुद्ध आवाज उठिरहेको छ
पहिलो यौनसम्पर्कको उचित उमेर कुन हो?
यद्यपि डब्ल्यूएचओका अनुसार कुमारीत्व परीक्षणको कुनै वैज्ञानिक आधार छैन।

मरियमको प्रमाणपत्रमा उनको हाइमन (कुमारी झिल्ली) “इलास्टिक” अर्थात् तन्किने प्रकृतिको भएको जनाइएको छ। त्यसको अर्थ मैथुन गर्दा उनको यौनाङ्गबाट रगत ननिस्किन पनि सक्छ।

“यसले मेरो आत्मसम्मानमा चोट पुर्‍यायो। मैले कुनै गल्ती गरेकी थिइनँ तर मेरा पतिले सधैँ मेरो अपमान गरिरहे,” उनले भनिन्। “मैले सहनै सकिनँ। त्यसैले केही औषधि खाएर मैले आत्महत्या गर्ने प्रयास गरेँ।”

त्यतिबेला तत्काल अस्पताल पुर्‍याइएको कारण उनी बाँचिन्।

“म ती पीडादायी दिनहरू कहिले पनि भुल्न सक्दिनँ। त्यतिबेला मेरो जीउ २० किलो घटेको थियो।”

कौमार्य जाँच अन्त्य हुनुपर्ने माग
मरियमको जस्तै कथा अरू इरानी महिलाहरूको पनि छ। विवाहअघि शारीरिक सम्बन्ध नराख्नु अझै पनि धेरै महिला र तिनको परिवारको निम्ति महत्त्वपूर्ण विषय हो। इरानको रूढिवादी समाजमा यो मान्यता बलियोसँग बसेको छ।

तर केही समययता परिवर्तन देखा पर्न थालेको छ। देशभरिका महिला तथा पुरुषहरूले कौमार्य जाँचविरुद्ध अभियान सञ्चालन गरिरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
‘म इरान पुगेँ भने श्रीमान्‌ले मारिदिन्छन्’

उक्त अभियानअन्तर्गत गत नोभेम्बरमा सञ्चालित एउटा अनलाइन याचिकामा एक महिनाभित्र २५,००० जनाले हस्ताक्षर गरेका थिए। त्यतिबेला इरानमा कुमारीत्व परीक्षणलाई पहिलो पटक धेरै मानिसले सार्वजनिक चुनौती दिएको थियो।

“त्यसो गर्नु गोपनीयता भङ्ग गर्नु हो र यो निकै अपमानजनक कार्य हो,” नेडाले भनिन्।

उनले १७ वर्षको उमेरमा तेहरानमा पढ्दै गर्दा आफ्नो प्रेमीसँग शारीरिक सम्पर्क राखेकी थिइन्।

इरानमा महँगी बढेपछि खर्च धान्न शरीर बेच्न बाध्य छन् युवायुवती
यूकेमा विक्री हुने विवादास्पद ‘कुमारीत्व परीक्षण’
“म आत्तिएकी थिएँ। परिवारले थाहा पायो भने के होला भनेर डराएकी थिएँ।”

त्यसैले नेडाले आफ्नो हाइमन फेरि मर्मत गर्ने निर्णय गरिन्।

हाइमेन मर्मत गर्न आफ्नो सामग्री बेचिरहेकी युवती
तस्बिर स्रोत,MANUELLA BONOMI
त्यसको उपचारविधि अवैधानिक हैन। तर यसको सामाजिक प्रभाव निकै डरलाग्दो हुने भएकाले कुनै अस्पताल पनि शल्यक्रिया गरेर हाइमन मिलाउने काम गर्न तयार हुँदैनन्।

नेडाले धेरै पैसा तिरेर त्यस्तो उपचार गरिदिने निजी क्लिनिकबारे थाहा पाइन्।

“मैले आफूसँग भएको सबै पैसा खर्च गरेँ। ल्यापटप, फोन र सुनका गरगहना सबै बेचेँ,” उनले भनिन्।

हाम्रो अनुहारको छालामा प्रजनन गर्ने एउटा सानो जीव जुन लोप हुन सक्छ
इरानमा कट्टरपन्थी नेता नयाँ राष्ट्रपतिमा निर्वाचित; इजरेलद्वारा खतराको चेतावनी
उपचारका क्रममा केही अप्रिय घटना भए त्यसको सबै जिम्मेवारी आफ्नो हुने सर्तमा नेडाले हस्ताक्षर गरिन्। त्यसपछि एक सुँडिनीले उपचारविधि थालिन्। त्यस कार्यको लागि करिब ४० मिनेट लाग्यो।

तर नेडालाई पूरा निको हुन धेरै साता लाग्यो।

“म निकै पीडामा थिएँ। म खुट्टा चलाउन सक्ने अवस्थामा पनि थिइनँ,” उनले भनिन्। उनले यो सबै कुरा परिवारबाट लुकाइन्।

“मलाई निकै एक्लो महसुस भयो। अरूले सबै कुरा थाहा पाउलान् भन्ने डरले गर्दा नै मैले त्यो पीडा लुकाउन सकेकी हुँला।”

एक वर्षपछि उनले आफूलाई मन पराउने र बिहे गर्न चाहने पुरुष भेटिन्। उनीसँग शारीरिक सम्पर्क गर्दा नेडालाई रक्तस्राव भएन।

नेडाले यसअघि भोगेको सबै दुःख व्यर्थ भयो।

“मेरो प्रेमीले मलाई उससँग विवाह गर्नका निम्ति छल गरेको आरोप लगायो। ढाँटेको भन्दै उसले मलाई छोड्यो।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बन्दी महिलाको जबरजस्ती ‘कौमार्य परीक्षण’

पारिवारिक दबाव
डब्ल्यूएचओले कुमारीत्व परीक्षणलाई अनैतिक र वैज्ञानिक आधार नभएको ठहर गरे पनि इन्डोनेशिया, इराक र टर्कीसहित धेरै देशमा अझै पनि यो प्रचलनमा छ।

इरानी मेडिकल सङ्गठनले मुद्दा पर्दा र बलात्कारको घटनाजस्ता विशेष परिस्थितिमा मात्र कुमारीत्व परीक्षण गर्न सकिने जनाएको छ।

आनन्ददायी यौन सुरक्षित यौन सम्बन्धको निम्ति महत्त्वपूर्ण हुनसक्छः डब्ल्यूएचओ
सानै उमेरमा अश्लील सामग्री हेर्दा ‘दुःस्वप्न र पछि तीतो यौन अनुभव’
भारतमा यसकारण महिलालाई गुप्ताङ्गको परीक्षण गर्न बाध्य पारिन्थ्यो
यद्यपि कुमारी भएको प्रमाणपत्र लिने खोज्नेमध्ये अधिकांश विवाह गर्न लागेका जोडी छन्। त्यसैले उनीहरू निजी क्लिनिकमा जान्छन्। उनीहरूसँग प्रायः आमाहरू पनि जान्छन्।

स्त्रीरोग विशेषज्ञ वा सुँडिनीले परीक्षण गर्छन् र कुनै युवती कुमारी भएको प्रमाणीकरण गर्छन्। उक्त प्रमाणपत्रमा युवतीको पूरा नाम, उनको बुवाको नाम, राष्ट्रिय परिचयपत्र र कहिलेकाहीँ तस्बिर पनि हुन्छ।

त्यसमा उनको हाइमनको अवस्थाबारे उल्लेख गरिएको हुन्छ र लेखिएको हुन्छ: “यी युवती कुमारी भएको देखिन्छ। ”

हाइमेनोप्लास्टी नामक शल्यक्रिया
तस्बिर स्रोत,MANUELLA BONOMI
रूढिवादी परिवारहरूमा उक्त प्रमाणपत्र प्रायः आमाहरूसहित दुई जनाले हस्ताक्षर गर्छन्।

डा. फरिबाले वर्षौँदेखि यस्तो प्रमाणीकरण गर्दै आएकी छन्। यो अपमानजनक अभ्यास भएको स्वीकार गरे पनि उनी व्यवहारमा आफूले धेरै महिलाहरूलाई सहयोग पुर्‍याइरहेको विश्वास गर्छिन्।

“उनीहरू अधिक पारिवारिक दबावमा हुन्छन्। कहिलेकाहीँ मैले केही जोडीका लागि झूटो बोल्नुपर्छ। यदि उनीहरूले शारीरिक सम्बन्ध राखेका छन् र विवाह गर्न चाहन्छन् भने म उनीहरूको परिवारका अगाडि युवती कुमारी नै भएको बताइदिन्छु।”

इरानमा नेपालले दूतावास खोलेर बन्द गरेको थियो
पाकिस्तानमा ‘कुमारीत्व परीक्षण’ किन गैरकानुनी
तर धेरै पुरुषहरूका निम्ति बिहे गर्न लागेकी महिला कुमारी रहनु सबैभन्दा ठूलो विषय हो।

“यदि महिलाले विवाहअघि कौमार्य गुमाइन् भने उनी विश्वास गर्न योग्य मानिन्नन्। उनले परपुरुषको लागि आफ्नो श्रीमान् छोड्न सक्छिन्,” शिराजस्थित ३४ वर्षीय अलिले भने।

उनले १० जना महिलासँग आफूले यौन सम्बन्ध राखेको बताए। “मैले नाइँ भन्नै सकिनँ,” उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इरानमा लुकीलुकी हेभी मेटल सङ्गीतमा लागेका छन् केही महिला

अलि इरानी समाजमा विरोधाभास भएको स्वीकार गर्छन् तर त्यस्तो परम्परा छोड्नुपर्ने कुनै कारण नदेखेको बताउँछन्।

इरानमा आगो लगाइदिने रहस्यमयी ‘ह्याकरहरू’ को हुन्?
बालिकालाई इन्टरनेटमा यौन क्रियाकलाप गर्न लगाउने क्रम बढ्यो
“सामाजिक मूल्य मान्यतामा महिलाको तुलनामा पुरुष बढी स्वतन्त्र भएको स्वीकार्य छ।”

इरानको निकै ग्रामीण र रूढिवादी क्षेत्रमा अलिको जस्तै दृष्टिकोण भएका धेरै मानिसहरू भेटिन्छन्।

कुमारीत्व परीक्षणविरुद्ध ऐक्यबद्धता देखाउन प्रदर्शन भए पनि सरकार र सांसदहरूले यसलाई हटाउन केही गर्लान् भन्ने कुरामा धेरैको संशय छ। इरानी समाजमा यो प्रथा गढेर बसेको हुनाले धेरैलाई यो तत्काल हट्छ जस्तो लाग्दैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इरानमा फुटबलप्रेमी महिला

कस्तो परिवर्तन होला
आत्महत्या गर्ने प्रयास र हिंसात्मक पतिसँग चार वर्ष बसेपछि मरियमले सम्बन्धविच्छेद गरिन्।

उनी केही साताअघि मात्र छुट्टिएकी हुन्।

“कुनै पुरुषलाई पुनः विश्वास गर्नु निकै कठिन हुनेछ,” उनले भनिन्। “म निकट भविष्यमा विवाह गर्ने कुरा कल्पना पनि गर्न सक्दिनँ।”

‘म अभिभावकलाई यौनबारे कुरा गर्न सिकाउँछु’
यौनसेवीहरू घाइते इजरेली सैनिकलाई यसरी सहयोग गर्छन्
मानव पुर्खा र लोप भएका नीयान्डर्टालबीच यौन सम्बन्ध: थाहा भएका र नभएका कुरा
अन्य हजारौँ महिलासँगै उनले पनि कौमार्य प्रमाणीकरणसम्बन्धी अनलाइन याचिकामा हस्ताक्षर गरिन्।

उनलाई तत्काल वा आफ्नो जीवनकालभरि परिवर्तन हुन्छ जस्तो लाग्दैन।

तर कुनै दिन आफ्नो देशमा महिलाहरूले समानता पाउँछन् कि भन्ने उनको आशा छ।

“यो कुनै दिन हुनेछ। म आशा गर्छु भविष्यमा कुनै पनि महिलाले मैले जस्तो परिस्थिति भोग्नुपर्ने छैन।”

यो सामग्रीमा अन्तर्वार्ता लिइएका सबै व्यक्तिको नाम गोपनीयता कायम गर्नका लागि परिवर्तन गरिएको छ।- BBC Nepali SEwa

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 79183 Views
  2. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 365955 Views
  3. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 368034 Views
  4. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 366774 Views
  5. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 366016 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet