16.1 C
Kathmandu
Tuesday, May 24, 2022
HomeNew Updareके तपाईको बेला-बेला हात वा खुट्टा झमझमाउँछ ? हुनसक्छ यस्तो रोगको संकेत

के तपाईको बेला-बेला हात वा खुट्टा झमझमाउँछ ? हुनसक्छ यस्तो रोगको संकेत

काठमाडौँ । तपाईं हातखुट्टा झमझम गरेर चिन्तामा पर्ने गर्नु भएको होला । कहिलेकाँही यत्तिकै हातखुट्टा झमझमाउने समस्या पनि देखा पर्छ । यसका कारण धेरैले अस्पताल धाउनु परेको हुन्छ ।

धेरै जसोमा मानसिक तनावका कारणले गर्दा यस्तो समस्या आउने चिकित्सकहरु बताउँछन् ।

त्यस्तै डाइभिटिजका बिरामीलाई पनि यस्तो समस्या देखिने गर्छ यो सामान्य समस्या हो । वाथ रोग वा युरिक एसिडका कारण पनि हात छुट्टा झमझमाउने समस्या देखा पर्न सक्छ । यसैगरी भिटामिन बी १२, बी ६ को कमीले पनि यस्तो हुन सक्छ ।

हातखुट्टा वा शरीरका विभिन्न भाग झमझमाउनुमा नसा सम्बन्धी समस्या पनि हुन सक्छ । कहिलेकाँही नसा च्यापिएर पनि यस्तो समस्या देखा पर्न सक्छ ।

स्पाइनल कडमा ट्युमर वा इन्फेक्सन भएपनि यस्तो समस्या हुन्छ । चोटपटकबाट घाइते हुँदा पनि यस्तो हुन्छ । अर्को कारण सिरिङ्गोमायलिया हो । यो भनेको स्पाइनलमा पानी जम्ने हुन्छ । कतिपय अवस्थामा भने दिमागको पुगेको चोटले पनि यस्तो हुन्छ ।


एक दुईपटक यस्तो भयो भनेर चिन्तित हुन हुँदैन । यदी भयो भने तनाव कम गर्ने उपाय तिर लाग्नु पर्छ । तर लामो समय भएको खण्डमा भने चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।

See also  चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै, भोलि नेपाल–चीन उच्चस्तरीय वार्ता हुने
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular