16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeNew Updareअम्बाको पात सेवन गर्दा हुने फाइदाको बारेमा जानिराखौँ...पढ्न नछुटाउनुहोला

अम्बाको पात सेवन गर्दा हुने फाइदाको बारेमा जानिराखौँ…पढ्न नछुटाउनुहोला

हाम्रै घर तथा वरपर पाईने कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ ।

आज हामी त्यहि जडिबुटीको रुपमा लिईने अम्बाको पातको बारेमा चर्चा गर्नेछौँ । अम्बा तपाइ हामी सबैलाई थाहा छ । हामी अम्बा निकै स्वाद लिएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि निकै फाईदा हुन्छ भन्ने हामी मध्ये कतिलाई थाहा नभएको हुनसक्छ ।

अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ ।

अम्बाको पातबाट पाइने फाइदाहरु

– अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ ।

– मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ ।

– अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ ।

– पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।

– पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ ।


guava fruit

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular