16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeNew Updareपेट घटाएर पातलो कम्मर चाहिएको छ?यी १० खानेकुराले तीब्र रुपमा घट्छ बोसो

पेट घटाएर पातलो कम्मर चाहिएको छ?यी १० खानेकुराले तीब्र रुपमा घट्छ बोसो

काठमान्डौ- तौल घटाउनका लागि मानिस घण्टौँ जिममा पसिना बगाउँछन् । सप्लिमेन्ट्स र फ्याट बर्नरजस्ता चिजमा पैसा बर्बाद गर्छन् । यसका भयंकर साइड इफेक्ट्स पनि हुनसक्छन् ।जबकी न्यूट्रिशनिस्टले पछिल्लो समय तीब्र रुपमा तौल घटाउने प्राकृतिक तरिकाबारे जानकारी दिन्छन् । विशेषज्ञले यस्तै प्राकृतिक चिजबारे कुरा गरेका छन् जसको सम्मिश्रणले तौल घटाउन असाध्यै सघाउने गर्छ । जसलाई पेट बढ्यो भनेर चिन्ता छ, उनीहरुका लागि पनि यो असाध्यै फाइदाजनक छ ।

ओटमिल र ओखरको सम्मिश्रणले शरीरलाई सन्तुलित पौष्टिक तत्व प्रदान गर्छ । ओटमिल एकातिर फाइबरको राम्रो स्रोत हो भने यस्तै ओखरमा फाइबरका साथै फ्याट र प्रोटिनको राम्रो स्रोत हुन्छ । तौल नियन्त्रणका लागि यो निकै राम्रो सम्मिश्रण मानिन्छ।

पिनट बटर र केलाः पिनट बटर सँथै केला खाँदा हाम्रो शरीरले असाध्यै धेरै पोषक तत्व पाउँछ । यो गुड कार्ब्स, हेल्दी फ्याट र प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ । जसलाई तीब्र रुपमा तौल कम गर्न मन लागेको छ, उनीहरुले यो सम्मिश्रणलाई अपनाउनुपर्छ ।

दही र बेरिजः शोधमा यो प्रमाणित भइसकेको छ कि दहीले तौल घटाउन निकै सहयोग गर्छ किनभने यसमा क्याल्सियम, भिटामिन डी, प्रोटिन र अमिनो एसिडको सम्मिश्रण पाइन्छ । पानीको मात्रा अत्यधिक भएको बेरिजसँग दहीको सेवन गर्दा तौल घटाउने गतिलाई बढाउन सकिन्छ ।

अण्डा र क्याप्सिकमः प्रोटिनको राजा भनिने अण्डाले हाम्रो मेटाबोलिजमलाई बुस्ट गर्ने काम गर्छ । भिटामिन सीयुक्त क्याप्सिकमसँग अण्डा खाँखा हाम्रो भोक लामो समयसम्म शान्त रहन्छ भने शरीरमा जमेको बोसो पनि तीब्र रुपमा कम हुने गर्छ ।


दाल भातः दाल प्रोटिनको निकै राम्रो स्रोत हो । जबकी भातमा हुने कार्ब्सले हाम्रो शरीरलाई भरपुर ऊर्जावान् राख्छ । तौल घटाउन चाहनेहरुका लागि यी दुईको सम्मिश्रण निकै राम्रो मानिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular