16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeNew Updareआज ह्वात्तै घट्यो सुनको भाउ, कति घट्यो तोलाको ? Gold Business

आज ह्वात्तै घट्यो सुनको भाउ, कति घट्यो तोलाको ? Gold Business

काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) सुनको भाउ झन् घटेको छ । अघिल्लो सातादेखि निरन्तर उकालो लागेको सुनको भाउ हिजो र आज क्रमश घटेको हो ।

आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबारको तुलनामा सुनको भाउ आज १३ सय रुपैयाले घटेको हो । आज तेजावी सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।


Nepal Gold Market pirce today.

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular