16.1 C
Kathmandu
Tuesday, May 24, 2022
HomeNew Updareआज झन् घट्यो सुनको भाउ, तोलाको कति - Nepal gold Business

आज झन् घट्यो सुनको भाउ, तोलाको कति – Nepal gold Business

काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बुधबार) सुनको भाउ झन् घटेको छ। अघिल्लो सातादेखि निरन्तर उकालो लागेको सुनको भाउ सोमबारदेखि लगातार घटिरहेको छ।

आज सुनको भाउ तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबारको तुलनामा सुनको भाउ आज ४०० रुपैयाँले घटेको हो। आज तेजावी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।


यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।#Nepal gold price

See also  यी ६ आइरन खानेकुराले शरीरमा रगतको कमीलाई हटाउन मद्दत गर्छ, खानामा समावेश गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular