काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । सोमबार एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आजभने २ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज सुनको भाउ तोलाको १ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख लाख ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।Nepal Gold Market Price Today