10 Years

Stock Market | नेप्से परिसूचकको पहिरो थामिएन

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

काठमाडौं, असार ६ गते । धितोपत्र  बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ ।

शेयर कारोबार हुने साताको आज दोस्रो दिन नेप्से परिसूचक ४९.३१ अङ्कले ओरालो लागेर एक हजार ८८४.८१ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६६ अङ्कले ओरालो लागेर ३६६.१९ मा ओर्लिएको छ ।

नेप्सेकाअनुसार

stock-msrket

कूल २३० कम्पनीका ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर रु एक अर्ब ७५ करोड छ लाख १७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहकै आज शेयर मूल्यमा गिरावट आएको छ ।

बैंकिङ २१.५६, व्यापार २२.८७, होटल तथा पर्यटन ५२.०३, विकास बैंक १३५.०८, जलविद्युत् ९३.६४, वित्त ४८.१५, निर्जीवन बीमा २३९.२२, उत्पादन ९१.४१, अन्य ४९.९४, लघुवित्त ११०.५३, जीवन बीमा २३४.६२, सामूहिक लगानी कोष ०.२९ र लगानी १.६९ अङ्कले ओरालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ८७ अर्ब २६ करोड २५ लाख ८२ हजार ४९३ बराबर रहेको छ । कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको रु ११ करोड ८३ लाख २० हजार बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ९२ लाख २६ हजार ७२२, हिमालयन डिस्टिलरी रु पाँच करोड ७३ लाख ५५ हजार ३९९, एनआइसी एशिया बैंक रु चार करोड ३५ लाख ७३ हजार ८४४ र नबिल बैंक रु चार करोड सात लाख ४४ हजार २५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ९.९८, ओरियन्टल होटल १.४१, सिद्धार्थ इक्विटी फण्ड ०.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले ०.१५ प्रतिशतले कमाए ।

त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । कालिका पावर कम्पनी ९.३७, रिभर फल्स पावर ९.२३, कर्णाली डेभलपमेन्ट ८.७९ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.७० प्रतिशतले गुमाए ।

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet