10 Years
video

लालपुर्जा खोज्दा मृत्युदर्ताको प्रमाणपत्र !

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

 काठमाडौँ, असार ६ गते  । जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ । 

तर, दुःख गरेर किनेको जग्गाको रेखदेख पु¥याउन सकिएन भने अर्कैको हातमा पुगेको पत्तै हुँदैन । त्यस्तै घटना वि.सं. २०५५ मा कीर्तिपुरमा घडेरी किनेर जापान पुगेका एक दम्पती नेपाल फर्किएर मालपोत पुग्दा जग्गा त भेटिएन उल्टै हात लाग्यो आफ्नै मृत्युदर्ताको प्रमाणपत्र ।

जग्गाको अभिलेख मालपोत कार्यालयमा सुरक्षित रहन्छ र माटो कसैले बोकेर लान सक्दैन भन्ने विश्वास लमजुङका तारानिधि लोहनी र शान्तादेवी लोहनीका लागि पूर्णतः गलत साबित भयो । गत जेठ ५ गते जापानबाट नेपाल फर्किएर १३ गते मालपोत कार्यालय कलङ्कीमा लालपुर्जा खोज्दा शान्तादेवी लोहनीको नामको जग्गा अर्कैले किनेको पाइयो ।

लामो समय विदेशमा बसेर कमाएको पैसाले किनेको जग्गा खोज्न जाँदा मृत्युदर्ता फेला प-यो । 

त्यसपछि मालपोतको अभिलेख खोज्दा आफ्नै मृत्युदर्ताको प्रमाणपत्र फेला प¥यो । गोरखापत्र दैनिकसँग शान्तादेवीले गुनासो गर्नुभयो, “लामो समय विदेशमा बसेर कमाएको पैसाले किनेको जग्गा खोज्न जाँदा मृत्युदर्ता फेला प¥यो !” उहाँले आफू सासू बिरामी भएर उपचार गर्न आएको बेला नसोचेको झमेलामा परेको भन्दै मानसिक तनावमा परेको गुनासो पनि गर्नुभयो । 

पाँच पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शान्तादेवी लोहनीको नाममा रहेको जग्गा किर्ते कागज तयार गरी बेचबिखनमा संलग्न पाँच जानलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । 

पक्राउ पर्नेमा दार्चुला मालिकार्जुन–७ घर भई काठमाडौँको टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची–४ का गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दूधकोसी–१ का बाबुराम कार्की, नुवाकोट तारकेश्वर–१ का प्रेमप्रसाद खनाल तथा काठमाडौँ तारकेश्वर–२ की ममता भन्ने डासी माया श्रेष्ठ रहेका छन् ।

ब्युरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार वि.सं. २०५५ देखि पीडित लोहनी परिवार दुई छोरी र एक छोरासहित जापानमा बस्दै आउनुभएको हो । लोहनी परिवारले जापानमा रहँदा कमाएको रकमले काठमाडौँको कीर्तिपुर–२ मा किनेको जग्गा किर्ते गरी बेचबिखनसमेत भएको पाइएपछि संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको महतोले जानकारी दिनुभयो  ।

ब्युरोका अनुसार जग्गाधनी लामो समयदेखि जापानमा बसेको जानकारी पाएपछि गणेशबहादुर खनाल तथा बाबुराम कार्कीले किर्ते कागज तयार गरी जग्गा बेचबिखनसमेत गरेको खुलेको छ । शान्तादेवी लोहनीको नामको उक्त जग्गाको हकवाला श्रीमान् तारानिधि लोहनीका रूपमा महावीर चन्दलाई खडा गरिएको थियो । त्यसपछि तारानिधिकै नाममा किर्ते नागरिकता र कागज तयार गरी शान्तादेवीको मृत्यु भएको विवरण पेस गरी मालपोत कार्यालयबाट जग्गा नामसारी गरिएको छ ।

लोहनी परिवारले जापानमा रहँदा कमाएको रकमले काठमाडौँको कीर्तिपुर–२ मा किनेको जग्गा किर्ते गरी बेचबिखनसमेत भएको पाइएपछि संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको हो । 

नक्कली तारानिधि लोहनी अर्थात् महावीर चन्दले २०७७ पुस १५ गते मालपोत कार्यालय कलङ्कीमा नक्कली कागज तयारी गरी आफ्नो नाममा नामसारी गरी वि.सं. २०७७ फागुन १० गते भक्तपुर–११ की सुनिता कर्मचार्यलाई बेचेको खुलेको छ । 

सीआईबीले झन्डै एक महिना लगाएर गरेको अनुसन्धानमा जग्गा किर्तेमा संलग्न पाँच जनाले चितवनमा विभिन्न व्यक्तिका नाममा रहेको पाँच रोपनी जग्गासमेत किर्ते गरी बेचबिखन गर्न तयारी गरेको पाइएको जनाएको छ ।  

Article by jhakas

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 88274 Views
  2. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 90456 Views
  3. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 89669 Views
  4. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 89460 Views
  5. A Couple of Points To Consider When Selling Real Estate 89221 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet