10 Years

WEather News गण्डकी र कर्णालीमा मौसम बदली, यी ३ प्रदेशमा भारी वर्षा हुने

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

 WEather News गण्डकी र कर्णालीमा मौसम बदली, यी ३ प्रदेशमा भारी वर्षा हुने

काठमाण्डाै l मनसुन सक्रिय रहेको प्रदेश १, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । मौसम आंशिकदेखि पूर्णरूपमा बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
weather-news

मुख्यगरी तराई क्षेत्र र पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशमा दिउँसो पनि पानी पर्ने सम्भावना छ ।
प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई ठाउँमा आज बेलुकापछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डाै उपत्यकामा भने अहिले घाम लागिरहेकाे छ, गए राति पनी परेकाे थियाे ।
यो पनि पढ्नुहोस
विदेशको कमाइले श्रीमतिको नाममा जग्गा पास, श्रीमति अर्कै पुरुषसँग टाप !
प्रेम विवाहको ८ महिनापछि जब पतिले राधिकालाई करेन्ट लगाए…
यस्तै गण्डकी र कर्णाली प्रदेशमा मौसम सामान्य बदली रहेको छ । ती क्षेत्रमा पनि केही वर्षा हुने सम्भावना छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा स्थानीय वायु तथा पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
ती प्रदेशमा अहिलेसम्म मनसुन सक्रिय भएको छैन । लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आजको मौसम आंशिक बदली रहने अनुमान छ ।
पहाडी क्षेत्रमा भू–क्षय, पहिरो, तथा नदी नाला साथै खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।weather-news

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet