काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) सुनको भाउ झन् उकालो लागेको छ । लामो समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जानकारी दिएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ३०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन ९९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो। आजको भाउ आइतबारको तुलनामा ८ सय रुपैयाँले बढी हो ।
यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। सोमबार तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
प्रेमबहादुर सिंहको पार्टी एमालेमा भयो विलय
यस्तैगरी, सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ। सोमबार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज आज बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।