गहतलाई कुलथी पनि भनिन्छ । गहत खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । गहतको सेवनले किड्नी स्टोन फाल्दछ । पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक हो ।
पथरीको उपचार गहतले कसरी काम गर्छ भन्ने बारे जानकारी पाउनु आवश्यक छ । गहतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । हाम्रो विचार सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं ।
यस्तो छ गहतको दाल खाने तरिका
१. गहतको दाल २५० ग्राम ल्याउनुहोस् । राती ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् र शुद्ध घिउले झान्नु होस् त्यसमा कालो मरिच, सिधेनुन, जीरा, हलेदो हाल्नुहोस् १० एमएम सम्मको पत्थरी झार्दछ ।
पत्थरी हुदा के खाने के नखाने
१. पत्थरी हुँदा गहत, खरबुजो, मूला,अमला, मूंङको दाल, चौलाई भाजी खाने । दैनिक ७,८ गीलास पानी दैनिक पिउनु पर्दछ ।
पत्थरीमा के नखाने
१. मासको दाल, मेवा, चक्लेट, माछा, मासु, चिया, भेण्टा, टमाटर आदि खानुहुदैन ।
नोट : यस्ता घरेलु औषधिको प्रयोग पत्थरीमा धेरै फाइदा गर्ने देखिन्छ । हामीले यसतर्फ ध्यान पुर्याउन नसक्नु दुर्भाग्य हो । हाम्रो घरको वरपर अनगिन्ती औषधिको भण्डार छ तर उपयोगविहिन बन्दै गएको छ ।
रोग अनेक उपचार एक : गहत
गहतलाई एक चमत्कारिक खानाको रूपमा लिइन्छ यो भारतको दक्षिणी भागहरूमा मुख्य आहारको रूपमा व्यापक रूपमा खपत हुन्छ। यो पौष्टिक तत्वमा धनी हुन्छ र यसमा विभिन्न खनिजहरू जस्तै फस्फोरस, क्याल्सियम, प्रोटीन र आइरन हरु प्रसस्त मात्रामा पाहिन्छ। यो मानव स्वास्थ्य को लागी धेरै फाइदाजनक हुने मानिन्छ , त्येतिनै यो पशु स्वास्थ्य को लागी उपयोगी मानिन्छ। मानब स्वास्थमा गहतको फाइदाको बारेमा जानौ:
झाडापखला
गहत झादपख्लाको लागि उत्तम मानिन्छ यसमा पर्याप्त मात्रामा फाइबर हुने भएकाले यसले पाचन प्रक्रियामा निकै मद्धत गर्ने गर्दछ, पेटमा उत्पन्न भएका विभिन्न तरल पदार्थलाइ सोसेर सामान्य पाचन प्रक्रिया तय गर्न मद्धत गर्दछ।
गहतलाई एक रात भिजाइ बिहान खानाले पाचन प्रक्रिया सामान्य बनाउन मद्धत गर्दछ।
कंजंक्टिवाइटिस
यदि कंजंक्टिवाइटिसबाट पिडित हुनुहुन्छ भने तपाईं आँखाहरू धुनको लागि गुलाब पानी प्रयोग गर्न सक्नुहुनेछ नत्र गहत भिजाएको पानीको प्रयोग गर्न सक्नुहुन्छ। रातभर एक मुट्ठी गहत भिजाउनु हो, अर्को बिहान, बिउ छान्नु र यसलाई प्रयोग गरेर तपाईंको आँखा धुनुहोस्। पानीमा घुलित एन्टिआक्सीडन्टले संक्रमणलाई नियन्त्रण गर्न र जोगाउन मद्दत गर्दछ। दिनमा तीन पटक गहत पानी आँखा धुन प्रयोग गर्नुपर्दछ।
तौल घटाउन
आयुर्वेदका अनुसार, यदि तपाई गहतको हरेक दिन सेवन गर्नु हुन्छ भने तपाइको तौल घट्ने निश्चित छ। यसलाई पाउडरको रुपमा पनि सेवन गर्न सकिन्छ। यदि तपाई गहत मात्रै प्रयोग गर्दै हुनुहुन्छ भने यसलाई जिरासंग भिजाएर खादा अझै उत्तम हुन्छ। गहतको पिठो अथवा पाउडर र जिरा भिजाएर दिनको दुइ पटक खाली पेटमा सेवन गर्नु पर्दछ।
महिनावारीको समस्या
महिनावारीको समस्या निकै पीडादायी र शक्ति ह्रास गराउने हुन्छ। यो समस्या हुने लाइ मात्रै यसको पीडा थाहा हुन्छ। यदि तपाई यो समस्या बाट गुज्रिदै हुनुहुन्छ भने गहत भिजाएर यसको सुप सेवन गर्नाले महिनावारीको पिडा र झिझ्याहट कम हुने गर्दछ। यदि तपाइको महिनावारी गडबडी हुन्छ र धेरै रक्तासब हुन्छ भने यसको सेवन गर्नु उत्तम हुन्छ यसमा भएको आइरनले रगतमा हेमोग्लोबिनको कमि हुनु दिदैन, त्येसैले गहतलाइ महिलाहरुको लागि सर्बश्रेष्ठ मानिन्छ
पाइल्स
पाइल्स मलाशयको नस फुलाउँछ र फुलेको वा पीडादायी हुनु लाइ भनिन्छ औषधि र उपचारको हस्पिटल जानु हतार गर्नुको सट्टा विशेषज्ञहरू गहत प्रयोग गर्न सल्लाह दिन्छन्। एक कप गहत रातभरि भिजाउनुहोस् र भोलिपल्टको पानी पिउनुहोस गर्नुहोस्, र गहतको सलादको रूपमा खानुहोस्। यसमा रहेको फाइबर पाइल्स उपचारमा प्रभावकारी मानिन्छ ।
यौन अङ्ग बाट पानी बग्ने
गहतालाई एकरात भिजाएर आर्को दिन गहत पानी लाइ उमाली दिनको ३ पटक पिउनाले यौन अङ्ग बाट बग्ने पानी समस्या ठिक हुने आयुर्वेद दाबी गर्दछ
मधुमेह
भारतीय केमिकल टेक्नोलोजीका वैज्ञानिकहरूले काचो गहतमा एन्टी-हाइपरग्लिसेमिक गुणहरू मात्र नभई इन्सुलिन प्रतिरोध क्षमता कम गर्ने गुणहरू पनि पत्ता लगाएका छन् । यस कारण गहतको नियमित प्रयोगले मधुमेह संग शरीरको पर्तिरोधात्मक क्षमता बढाउने सम्भावना प्रसस्त देखिन्छ । रगतमा इन्सुलिनको मात्रा लाइ सामान्य अवस्थामा ल्याउन र गुल्कोज लेभल सामान्य राख्न मद्धत गर्दछ। त्येसैले यसलाई टाइप २ मधुमेह उपचारमा प्रयोग गर्ने सल्लाह दिने गरिन्छ
मृगौलाको पत्थरी
गहतको नियमित सेवनले वास्तवमा मृगौलाको पत्थरीको घटना घटाउनमा मद्दत गर्दछ र हटाउन मद्धत गर्दछ । किडनी स्टोन मूलतः क्याल्शियम ऑक्सालेट हुने गर्दछ । गहतले मिर्गौलाको पत्थरी रातारात कम गर्छ भन्ने विभिन्न समुदायमा पुरानो प्रचलन छ । यसमा हुने आइरन र पोलिफिनोलको कारण यो पत्थरीको उपचारमा निकै प्रभाबकारी मानिन्छ। गहतालाई एकरात भिजाएर बिहान यसको सेवनले एक हप्तामा नै प्रभाबकारी नतिजा दिन्छ।
अल्सर
गहतले विभिन्न प्रकारको अल्सरको उपचारमा धेरै फाइदाजनक हुन्छ , तर ग्यास्ट्रिक अल्सरको भने होईन। गहतमा लिपिडहरू छन् जुन पेप्टिक र मुखमा हुने अल्सर बाट पीडितहरूको उपचारमा उत्तम हुन्छ । यसको बारेमा अनुसन्धान र अध्ययनहरू भइनै राखेका छन् मुसामा र पशुहरू गरिएको अनुसन्धानमा ति जीवहरु निको भएका छन्, र यो मानवमा पनि परिक्षण गरिएको छ र परिणामहरू सकारात्मक छन्। आयुर्वेदमा उल्लेख गरिए अनुसार यो देखाइन्छ कि गहतको दिनमा दुई पटक सेवन गर्दा शरीरमा अल्सरबाट निको हुनको लागि आवश्यक पर्ने लिपिडहरूको पूर्ति हुने गर्दछ।
परम्परागत प्रयोगहरू र गहतको फाइदाहरू:
१. गहतलाइ जन्डिसको बिरामीको उपचारको लागि र तौल घटाउने खानाको रुपमा प्रयोग गरिन्छ
२. यसलाई जाडो महिनामा शरीरको तापक्रम सामान्य कायम गर्न र आइरनको कमी भएका लाइ एकदम फाइदा जनक मानिन्छ
३. गहतले रुघा खोकी र ज्वारो काम गर्ने विश्वास रहेको छ।
४. विभिन्न पाचन सम्बन्धि रोगहरुको उपचारमा गहतको प्रयोग गरिन्थ्यो
५. गहत लाइ भूक्षय नियन्त्रणमा पनि प्रभाबकारी मानिन्छ
६. यसका दानाहरु भुटेर कपडामा बानी सुनिएको ठाउँ सेक्नाले सुनिन काम हुन्छ।
७. गहतालाई कमिलाले खनेको माटो र अण्डामा मिसाएर लगाउनाले हात्तिपाइलेले समस्या पुर्याएको ठाउँ मा प्रयोग गर्दा राम्रो हुने विश्वास छ।
८. कुनै पनि पत्थरीमा गहत एकदम प्रभाबकारी मानिन्छ।