10 Years
video

आयो डर लाग्दो खबर :ट्युसन पढ्न निस्किएकी किशोरीको हत्या, दुई जना पक्राउ

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

उदयपुर । घरबाट ट्युसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीया कविता सुनुवारको स्थानीय यसोदाखोलामा घरबाट विद्यालयमा हुने अतिरिक्त कक्षा पढ्न आउँदै गर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको छ ।

साथीको हत्यापछि कोशी जनता माद्यामिक विद्यालय रामपुरका विद्यार्थी आन्दोलित बनेका छन् । उनीहरूले रामपुर बजारमा प्रदर्शन गरेका छन् ।

उदयपुरको बेलका नगरपालिका-६ बुद्धचोक घर भएकी किशोरीको मंललबार बिहान विद्यालयमा अतिरिक्त कक्षा पढ्न जाने क्रममा हत्या भएको थियो । बेलका नगरपालिका–३ यसोदाखोलामा मृत अवस्थामा फेला परेकी १६ वर्षीया कविता सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका एक किशोरीसहित दुई जनालाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । टोलीले घटनास्थल सुरक्षित राखी कानुनी प्रक्रिया पुरा गरी लास पोस्टमार्टम गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले अनुसन्धानका क्रममा करणी गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भई सकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए ।

कक्षा १० मा अध्ययनरत बालिका एसईईको तयारीका लागि ट्युसन पढ्न सधैँ बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् । घटना स्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताए ।

मृतक बालिकाको टाउकोमा चोट लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 80003 Views
  2. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 366772 Views
  3. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 368850 Views
  4. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 367590 Views
  5. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 366829 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet