16.1 C
Kathmandu
Tuesday, May 24, 2022
HomeNewsथप सात जना सङ्क्रमित, २५ सङ्क्रमण मुक्त

थप सात जना सङ्क्रमित, २५ सङ्क्रमण मुक्त

काठमाडौं, चैत २४ गते । पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८ सय १९ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, १८ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमित पुष्टि नभएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा थप २५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।


२४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ जना छ । २४ घण्टामा ५० हजार ९३ जनाले खोप लगाएका छन् ।

See also  १० जना सङ्क्रमित थपिए, ५७ सङ्क्रमण मुक्त
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular