16.1 C
Kathmandu
Tuesday, May 24, 2022
HomeNewsमौसम सम्बन्धी आयो यस्तो खबर - मेघ गर्जनसहित वर्षा हुने- weather news

मौसम सम्बन्धी आयो यस्तो खबर – मेघ गर्जनसहित वर्षा हुने- weather news

काठमाडौं । मंगलवार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

त्यस्तै, राती प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।


प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।

See also  २४ घण्टामा २२ जना सङ्क्रमित थपिए, ४६ सङ्क्रमण मुक्त
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular