16.1 C
Kathmandu
Tuesday, May 24, 2022
HomeNewsदेशभर ४७ हजार ६१७ जनाको उम्मेदवारी दर्ता

देशभर ४७ हजार ६१७ जनाको उम्मेदवारी दर्ता

काठमाडौं, वैशाख १२ गते।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ५ बजेसम्म ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन मनोनयन दर्ताका लागि समय दिएको थियो।

निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा एक हजार ६२३ र उपप्रमुख पदमा ९५२ जनाको उम्मेदवारी परेको हो। गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ६०६ र उपाध्यक्ष पदमा एक हजार ४५ जनाको उम्मेदवारी परेको आयोगले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।


आयोगका अनुसार देशभर वडाध्यक्ष पदमा १२  हजार १५१ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा १६ हजार चार जनाको उम्मेदवारी परेको छ।  त्यस्तै, महिला सदस्य पदमा सात हजार ५९९ र दलित महिला सदस्यमा छ हजार ६३७ जना रहनुभएको छ।

See also  भर्खरै आयो दुखद खबर : भारतमा आगलागीमा परी १४ वर्षीय नेपाली किशोरको ज्यान गयो
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular