10 Years
video

सप्तरीमा बेहुली लिन गएका जन्ती बने मलामी, शोकमा डुब्यो पुरै गाउँ #RIP लेखी सेयर गरौ

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

सप्तरीमा बेहुली लिन गएका जन्ती बने मलामी, शोकमा डुब्यो पुरै गाउँ #RIP लेखी सेयर गरौ

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाबाट बेहुली लिन शुक्रबार राति जन्ती हिडेको थियो। डिजे बाजाको तालमा नाचगान गर्दै शुक्रबार राति खडक नगरपालिका–११ लालपुरका लागि जन्ती प्रस्थान गरेको थियो। जन्ती हिंडेपछि बाँकी गाउँलेहरू नयाँ बेहुलीको स्वागतमा प्रतिक्षारत थिए।खुशीको प्रतिक्षामा बसेका गाउँलेहरूको आँखा अहिले रसाएको छ।

बेहुली लिन शुक्रबार राति जन्ती हिँडेका गाउँलेहरू नै शनिबार मलामी बन्नु परेपछि गाउँमा सन्नाटा छाएको छ। दुलही भित्र्याउन हिंडेका जन्तीमध्ये २ दाजुभाईसहित ३ जनाको एकसाथ मृत्युको खबरले गाउँलेहरूमा रुवावासी छ। “जन्ती कुरेर बसेका आफन्त, पाहुना तथा गाउँलेहरू नै शव यात्रामा जानु पर्ने भयो” मन्दिप यादवले भने।दुलही गाउँ भित्र्याउन हिंडेका जन्तीहरूको मृत्युपछि अहिले एउटै गाउँबाट ३ जनाको शव एकैसाथ घाट लैजाने तयारी भइरहेको छ। सिंगो गाउँ शोकमा डुबेको छ भने मृ तक पप्पु यादवकी श्रीमती रूपादेबी बे’होस छिन्।

मृ त्यु हुनेमा सोसिन्द्र यादवको छोरा ३० वर्षीय पप्पु यादव तथा हेमनारायण यादवको छोरा २८ वर्षीय बुच्चु भनिने रंजित यादव र २६ वर्षीय संदिप यादव रहेका छन्। पोष्टर्माटमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा श व ल्याइएपछि अस्पतालमा परिवारका सदस्यहरू र मृ तकहरूका घरमा गाउँलेहरूको भिड लागेको छ।पोर्ताहका अनुज साहको विवाहमा हिंडेका तीनै जना युवाको हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दु र्घटना हुँदा मृ त्यु भएको जितेन्द्र यादवले बताए। तीन जना प्र.१–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्र.१–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकलमा सवार थिए। मापसे खाई तीव्र गतिमा मोटरसाइकल कुदाएका कारण ओभरटेक गर्दा एक आपसमा ठोक्किएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

गाउँलेहरूले भने दुबै मोटरसाइकल एकआपसमा नभई कुनै ट्रयाक्टरमा ठोक्किएको अनुमान गरेका छन्। दुबै मोटरसाइकलको अगाडिको भागमा भएको क्षति हेर्दा विपरित दिशाबाट आएको ठूलो सवारी साधनमा ठोक्किएको हुन सक्ने मृतकका आफन्त रूपनी गाउँपालिका–१ का जितेन्द्र यादवको दावी छ। “गाउँका तीन जना युवाको अकाल मृत्युको पीडा भोग्नु पर्यो।” प्रदिप यादव भन्छन्–“बिवाहको उत्सवमा मृत्युको पीडा सहनु पर्दा गाउँनै शोकमा डुबेको छ।”बेहुलासहितको जन्ती प्रस्थान गरेपछि दुई मोटरसाइकलमा सवार तीन जनाले बाटोमा अलमल गरेको र पछिबाट तीब्र गतिमा मोटरसाइकल कुदाएर विवाहस्थल पुग्न खोज्दा दुर्घटनामा परेको अनुमान गरिएको छ।

विवाहस्थलमा तीन जना नपुगे पछि राति नै खोजखबर गरियो तर फोन लागेन” जन्तीमा गएका एक जनाले बताए। शायद त्यतिबेला सम्ममा उनीहरु दुर्घटनामा परिसकेका थिए। सुनसान मध्यरातमा ठूलो आवाज आएपछि निन्द्राबाट व्यँुझिएर गाउँलेहरू घटनास्थाल पुग्दा दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरिएको दिपक यादवले बताए।

दुर्घटनाको खबर गाउँभरि फैलियो। २५ वर्षीया रूपादेबीले यो खबर पाउने बित्तिकै बच्चालाई च्यापिन्। पहिलो श्रीमानको मृ त्युपछि सहारा दिएका पप्पुको पनि दुर्घटनामा परेर जीवनदीप बुझिसकेको खबरले निस्तब्ध भईन्। हिजोसम्म हाँसिरहेको जीवन अहिले रोदनको अविरल आँशुको भेलमा हराउँदै गयो। एउटा अन्धकारमयी अनिश्चित भविष्य रूपाको अघि देखियो। उनले एक्लो महसुस गरिन। सांकेतिक तस्बिर

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 80395 Views
  2. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 367161 Views
  3. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 369238 Views
  4. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 367978 Views
  5. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 367212 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet