Myadi Police हुम्लामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।
सर्केगाड गाउँपालिका-६ घर भई सिमकोटमा बसेका ४४ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।
उनका अनुसार बुधबार मतदान केन्द्रमा सबैलाई खटाइएको थियो। उनले हिजो साथीको डेरामा बस्न गएको बताए।
‘ढोका बन्द गरेर सुतेको रहेछ। ढोका नखुलेपछि घरबेटीले आज ५ बजेतिर हामीलाई खबर गरेको थिए’, उनले भने,‘रोकायाको शव भुइँमा मृतक अवस्थामा भेटिएको हो।’
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Read this also उमालेको चियापत्ती नफाल्नु होस् दिन्छ अब यस्तो काम