16.1 C
Kathmandu
Tuesday, May 24, 2022
HomeNewsनेपालमा थप १९ जनामा कोरोना पुष्टि, १८ जना निको भए

नेपालमा थप १९ जनामा कोरोना पुष्टि, १८ जना निको भए

२१ बैशाख २०७९, बुधबार काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८२१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १९ जना र १ हजार ४४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि कोरोना संक्रमण देखिएको छैन । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १८ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ७१५ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ ले ज्यान गुमाइसकेका छन् । हाल नेपालमा २ सय १७ जना सक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् ।

See also  बाबुराम भट्टराईको प्रस्तावः १० वर्षसम्म सहमतिको सरकार चलाउनतर्फ लागौं
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular