काठमाडौं l काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गएको छ ।
शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ l
केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।