10 Years

विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि : विश्व स्वास्थ्य सङ्गठन

whocorona

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

जेनेभा । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बुधबार जनाएको छ ।

कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि सङ्क्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् ।

“महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,” डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भने ।

विश्वभरीको तथ्याङ्क हेर्दा अहिले औसतमा २० प्रतिशत सङ्क्रमण बृद्धि भएको पनि उनले जानकारी दिए । डब्लुएचओले सबै देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ ।

पछिल्लो १८ महिनामा विश्वभरी १२ अर्ब खोप वितरण गरिएको पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए । “विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् । अन्य कतिपय देशले आर्थिक समस्याका कारण खोपको सङ्ख्या त्यो तहसम्म पु¥याउन सकेका छैनन्,” उनले भने ।

न्यून आय भएका देशहरूलाई डब्लुएचओ लगायतका कतिपय सहयोगी संस्था तथा निकायको सहयोगमा केही खोप उपलब्ध गराइएको पनि उनले बताए ।

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet