10 Years
video

बाढीपहिरोबाट छ जनाको मृत्यु एक बेपत्ता

badipahiro

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

काठमाडौँ, साउन १८ गते । अविरल वर्षाका कारण पहाडी र तराई क्षेत्रमा ४३ जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेका छन् । आइतबारदेखिको वर्षामा सबैभन्दा ठूलो मानवीय क्षति म्याग्दीमा भएको छ । सोमबार राति गएको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–२, रुममा दुईवटा घर पहिरोमा पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घामबहादुर विक, उहाँकी श्रीमती राममाया विक, छोराहरू नवीन विक र राजन विक तथा छोरी अस्मी पटेल रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका गोठे विक र श्रीमती गोरी विकको रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । कपिलवस्तु समाचारदाता नारद कोहारका अनुसार वाणगङ्गा नदीले तीन जनालाई बगाउँदा वाणगङ्गा नगरपालिका–९, झिनुवा निवासी राममाया सुनारको मृत्यु भएको छ । उहाँका श्रीमान् दिलकुमार सुनारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । छोरालाई भने सकुशल उद्धार गरिएको छ ।

कास्की प्रहरीका अनुसार रूपा गाउँपालिका–१, गैरीमा सडक भासिँदा पोखरा–लमजुङको भोर्लेटार जोड्ने पक्की सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा सोमबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध छ । केराबारी र सत्र किलोमा ठूलो पहिरो आएर बाटो अवरुद्ध भएको छ । मुग्लिन–काठमाडौँ सडकखण्डमा गएको पहिरो हटाएर आवतजावत सुचारु गरिएको छ । माथिबाट निरन्तर लेदो बगेकाले दुईवटा ट्रकमा क्षति पुगेको छ । नारायणी, राप्ती, रिउलगायतका ठूला तथा साना नदी र खोलामा पानीको सतह बढिरहेको र देवघाटमा नारायणी नदीमा खतराको नजिक पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

झापा समाचारदाता विष्णुप्रसाद पोखरेलका अनुसार वर्षाका कारण झापाको दमक नगरपालिका र कमल गाउँपालिकामा खोलाले धार परिवर्तन गर्दा बाढी बस्तीतर्फ लागेको छ । रतुवा खोलामा आएको बाढीले नेपाल–चीनमैत्री औद्योगिक पार्कको जमिन कटान गरी क्षति पु-याएको छ । बाढीका कारण निर्माणाधीन दमक चक्रपथमा क्षति पु-याएको छ । त्यसैगरी कमल गाउँपालिका–२, क्याम्पामा बाढीले धार परिवर्तन गर्दा तटबन्ध नै भासिएको छ ।

हालसम्म ३५ जनाको मृत्यु

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार गत जेठ तेस्रो सातादेखि वर्षाका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा तीन जना बेपत्ता रहेको र ३९ जना घाइते रहेको प्राधिकरणले जनाएको छ । हालसम्म बाढीपहिरोबाट ८२ घर पूर्ण क्षति र ६४ वटा घरमा आंशिक क्षति पुगेको छ ।

बाढीपहिरो तथा डुबानबाट क्षति भएका क्षेत्रमा तथा अन्य जिल्लामा पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी आवश्यक उपकरणसाथ तैनाथ राखिएको छ ।

गृह मन्त्रालयले बाढीपहिरो तथा डुबानबाट घरवारविहीन बनेको परिवारलाई तत्काल पुनस्र्थापना गरी १५ हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ भने मृतकका परिवारलाई दुई लाख रुपियाँ घटनास्थलमा नै पुगेर दिने गरेको छ ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 88163 Views
  2. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 90346 Views
  3. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 89557 Views
  4. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 89350 Views
  5. A Couple of Points To Consider When Selling Real Estate 89111 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet