16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeRashifalनववर्ष २०७९ मा चम्किँदै छ यी राशिको भाग्य, तपाइको कस्तो छ ?

नववर्ष २०७९ मा चम्किँदै छ यी राशिको भाग्य, तपाइको कस्तो छ ?

विश्वभरी रहेका आम नेपाली नागरिकहरू नयाँ वर्ष वि.सं. २०७९ साललाई स्वागत गर्न ब्याघ्र प्रतिक्षारत् छन् । नयाँ वर्षले सुख, शान्ति, सन्तोष, उन्नति प्रगति ल्याओस् भन्ने कामना गरिरहेका छन् । यसै सन्दर्भमा आउँदै गरेको नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा सामाजिक सञ्जालका भित्ताहरू ज्योतिषीहरूका राशिफलले ढाकिएका छन् ।

अन्य संवत्का नयाँ वर्षमा भन्दा वि.सं.को नयाँ वर्षमा आमसर्वसाधारणहरूको रुची, चासो र ध्यान विशेष हुनुको पछाडि राशिफल पनि एउटा कारण हो । सूर्यले ३६० डिग्रीको यात्रा सकेर पुनः शुन्य डिग्रीबाट यात्रा तय गर्ने दिनबाट शुरु हुने वर्ष भएको हुनाले पनि अन्य संवत्का वर्षमा भन्दा वि.सं. को नयाँ वर्षको तात्त्विक भिन्नता र महत्त्व रहेको पाइन्छ । यस प्रकारको वैज्ञानिकता अन्य संवतका वर्षमा पाइदैन पनि ।

यसै सन्दर्भमा राशिफल एवं विभिन्न सफल भविष्यवाणी गरी चर्चित बनेका ज्योतिषी दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा अपलोड गर्नु भएको वार्षिक राशिफल यहाँहरूको सुविधालाई मध्यनजर गरी यहाँ दइएको छ । ज्यो. सुवेदीका ज्योतिषीय फलादेश एवं प्रस्तुति यस कारणले पनि मननीय मानिन्छन् कि उनले मान्छेलाई बढी सावधानी के मा हुन जरुरी छ त्यसको बारेमा बढी फोकस गरेका हुन्छन् ।

राम्रो राम्रो नै छ, जुन कुरा नबताए पनि सेवाग्राहीलाई हानी हुँदैन, तर नराम्रो के छ त्यो बताइयो भने सम्बन्धित व्यक्ति नराम्रोप्रति सावधान हुनसक्छ र हुने नोक्सानीबाट बच्नसक्छ, उनी बताउँछन् । राशिफल सुनेर, हेरेर, पढेर मान्छेलाई मख्ख बनाउने भन्दा पनि विपरितफलप्रति सतर्क गराउने र राम्रो कार्यप्रति प्रोत्साहन गराउनु पर्छ, सुवेदी भन्छन् ।
राशिफलको भिडियो हेरेर जानकारी, लाभ र आवश्यक सावधानी लिनसक्नु हुनेछ ।


RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular