10 Years
video

Today Rashifal in Nepali: आज मंगलबार चम्किंदैछ यी राशिको भाग्य

Today Rashifal in Nepali

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

Today Rashifal in Nepali काठमाडाैं l २० वैशाख, २०७९ मंगलबार । तद्नुसार मे महिनाको ३ तारिख २०२२ । वैशाख शुक्लपक्ष अक्षय तृतीया,(सनातन धर्मावलम्बीका लागि आजको दिन महत्वपूर्ण दिन हो) आज परशुराम जयन्ती पनि हो ।

मुश्लिम धर्मावलम्बीको इद उल फितर पनि हो । आज सरकारले सार्वजनिक विदा समेत घोषणा गरेको छ । आज विश्वप्रेस स्वतन्त्रता दिवस पनि परेको छ ।

आज बिहान सूर्योदय ५ः२४ मिनेटमा भएकाे छ भने सूर्यास्त १८ः३८ मा हुनेछ । रोहिणी नक्षत्र, शोभन योग, चन्द्रमा वृष राशिमा छ। आज बिहान ११ः३५ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्त छ । आजको देवता वृहस्पति र ग्रहदेव शुक्र हुन् । आजको दिन तपाईंले जुनसुकै शुभकार्य गर्न सक्ने दिन हो ।

आजको दिनलाई वर्ष भरीको महत्वपूर्ण दिन मानिन्छ । त्यसैले आजको दिनलाई अक्षय तृतीया पनि भनिन्छ ।

Today Rashifal in Nepali आजको राशिफल

Nepali Daily Rashifal मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :

आज मेष राशीका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेष राशी भएका व्यक्तिका लागि मौन रहेर आफ्नो काम सम्पादन गर्नु उत्तम हुनेछ । परिवारभित्रका जेष्ठ सदस्यका कुरा सुनेर काम गर्नु शुभ हुनेछ ।

Nepali Daily Rashifal वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

आफन्तजनसँगको मित्रभावका कारण साथ सहयोग मिल्नेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम छ । तपाईंको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दूरीको यात्राको अवसर प्राप्त हुनसक्छ । यात्राबाट नयाँ कार्यको शुरुवात हुनसक्छ । आजको दिन शुभ दिन छ । चन्द्रमाको साथ छ ।

Nepali Daily Rashifal मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :

आज मिथुन राशि भएका व्यक्तिका लागि आज शुभ छ । तपाईंको प्रस्तुतिमा प्रभाव पर्नेछ । त्यसको कारण मीठो भोजन र आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईंको उन्‍नति र प्रगतिको ढोका खुल्नसक्छ ।

Nepali Daily Rashifal कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :

आजको दिन बिहान घरबाट बाहिर निस्कदा उत्तर मुख पर्खेर निस्कनु भयो भने दिन सफल हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि र नयाँ वस्त्र खरिद, आजको दिन आभुषण खरिद गर्दा लाभ मिल्नेछ । आजको दिन मनमा उत्साह, उमङ्ग थपिने छ । नयाँ काम गर्न समेत उत्साह हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला

Nepali Daily Rashifal सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :

सिंह राशि भएका जातकका लागि आजको दिन समय अनुकुल नहुनसक्छ । तपाईंको फजुल खर्च, अनावश्यक यात्रा हुनसक्ने सम्भावना छ । स्वास्थ्यमा प्रतिकुलता हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिँदै आजको दिन नियमित कार्यबाहेक अन्य कार्यमा त्यति धेरै ध्यान नदिँदा राम्रो हुनेछ ।

Nepali Daily Rashifal कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :

व्यापारमा लागेका कन्या राशिका जातक हुनुहुन्छ भने आजको दिन व्यापारबाट लाभ मिल्नेछ । सन्तानबाट सुख, मीठो भोजनप्रतिका लागि निम्तो, स्त्रीबाट साथ सहयोग समेत मिल्नेछ । आजको दिन रसस्वला नभएकी कुमारी कन्यालाई भोजन र दक्षिण दिनुभयो भने मनमा प्रशन्नता बृद्धि हुनेछ ।

Nepali Daily Rashifal तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :

आकस्मिक मानसम्मान र अवसर प्राप्ति हुनेछ । तपाईंले गर्दै आउनुभएको कामको सम्मान र घरपरिवार र इष्टमित्रबाट साथ सहयोग हुनेछ। सरकारी अधिकारी हुनुहुन्छ भने आज तपाईंले गरेको कामको उपल्लो तहका अधिकारीबाट सम्मानका शब्द प्राप्त हुनसक्छन् ।

Nepali Daily Rashifal वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :

यात्राका लागि प्रस्ताव आउनसक्छ । धार्मिक यात्रामा जान उत्तम हुनेछ । चन्द्रमाका कारण तपाईंको कार्यसिद्धि हुनेछ । नयाँ अवसरको प्रस्ताव आउनसक्नेछ । व्यवसायमा हुनुहुन्छ भने आजको दिन केही नयाँ स्थानको यात्राको प्रबन्ध मिलाउनु होला ।

Nepali Daily Rashifal धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :

धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्‍न सकिँदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।

Nepali Daily Rashifal मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :

दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापारबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला । परिवारजनका लागि खाने केही सामान लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।

Nepali Daily Rashifal कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :

मनमा उल्लास रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने संभावना प्रवल छ । तपाईमाथि नकारात्मक सोच राख्ने शत्रुमाथि विजय प्राप्त हुनेछ । आजको दिन तपाईले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ । मौन रहनु उत्तम हुनेछ । कसैप्रति पनि बैरभाव नराख्नुहोला ।

Nepali Daily Rashifal मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :

आजको दिन मीन भएका जातकका लागि व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन जान सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।

Today Rashifal in Nepali, Nepali Daily RashifalDainik Rashifal : आजका ५ भाग्यशाली राशिहरु, जान्नुहोस् ज्योतिषीबाटराशि

 

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. आज भगवान श्रीकृष्णको प्रभावले चम्किंदै छ यी राशिको भाग्य (बुधबारको राशिफल) 19251 Views
  2. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 128986 Views
  3. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 415693 Views
  4. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 417746 Views
  5. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 416392 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet