10 Years

Nepali Rashifal Today :आज चम्किंदै छ यी राशिको भाग्य, हेर्नुहोस्

Nepali Rashifal Today

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

Nepali Rashifal Today : आजको पात्रोः आज २३ जेठ, २०७९, सोमबार । तद्नुसार जुन महिनाको ६ तारिक २०२२ । ज्येष्ठ शुक्लपक्ष सप्तमी तिथि, तैतिल करण, मघा नक्षत्र, हर्षण योग, चन्द्रमा सिंह राशिमा छ । आजको देवता भग र ग्रहदेव सूर्य रहेको छ । आज विहान सूर्योदय ५ः१० मा हुनेछ भने सूर्यस्त १८ः५६ मा हुनेछ । सोमबार शिवको प्रिय बार हो । त्यसैले आजको दिन शुभ मानिन्छ ।

सोमबारको दिन बाहन तथा नयाँ कपडा खरिद गर्नु पनि शुभ मानिन्छ। आजको दिन कुनै नयाँ कामको लागि शुभ साइत रहेको छ ।

हेर्नुहोस् Nepali Rashifal Today Dainik

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन त्यति अनुकुल छैन । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । तर, मनमा निराशा छाउनेछ । पारिवारिक समस्याका कारण आयभन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्नुहोला । आजको दिन तपाईहरुको लागि शुभ दिन मानिन्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

तपाईको आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । नयाँ कामको लागि आजको दिन शुभ रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले आजको दिन कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । आज विहान शिवालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । आजको दिन यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्र र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ । बालक र बृद्ध मानिसलाई केही खानेकुरा र उपहार दिनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । कन्या राशिका पुरुष जातकका लागि स्त्रीजातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । आध्यामिक यात्राको लागि आजको दिन फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आर्थिक बृद्धि हुने संभावना छ । मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन मित्र र आफन्तसँगको विवाद हानी हुनसक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ त्यसैले ख्याल राख्नु होला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । आजको दिन तपाईको लागि निकै शुभ दिन रहेको छ । आजको दिन विहानको सूर्योदयको दर्शन गरेर कुनै पनि काम शुरुवात गर्नुभयो भने तपाईको दिन र साता नैं फलदायी हुनेछ ।

Nepali Rashifal Today

प्याजको टुक्रालाई पैँतालामा राखेर सुत्दा हुने यी ८ फाइदा

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet