16.1 C
Kathmandu
Thursday, June 30, 2022
HomeWorldउत्तर कोरियाले ३२ मिनेटभित्रै दक्षिण कोरियाली क्षेत्रमा हान्दियाे ८ वटा क्षेप्यास्त्र

उत्तर कोरियाले ३२ मिनेटभित्रै दक्षिण कोरियाली क्षेत्रमा हान्दियाे ८ वटा क्षेप्यास्त्र

-->

२२ जेष्ठ २०७९, आईतवार काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियाको क्षेत्रमा आज (आइतबार) आठ वटा छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाले तत्काल यसबारे तथ्य सार्वजनिक गरेको छ । दक्षिण कोरियाको सेना प्रमुखका अनुसार उत्तर कोरियाले उसको पूर्व तटबाट दक्षिण कोरियाको जलिय क्षेत्रमा ८ वटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

स्थानीय समयअनुसार बिहान ९ बजेर ८ मिनेटदेखि ९ बजेर ४० मिनेटको बीचमा उत्तर कोरियाको राजधानी प्योङयाङनजिकै रहेको सुनान क्षेत्रबाट कोरियाली प्रायद्वीप नजिकैको पानीमा प्रहार गरिएको बताइएको छ ।

उत्तर कोरियाले उक्त क्षेप्यास्त्र प्रहार गरे लगत्तै दक्षिण कोरियाले उक्त विषयमा जानकारी दिएको छ ।

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा प्रमुख किम सुङ हानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर जानकारी दिएका हुन् ।

सन २०२२ मा मात्रै कोरियाले दक्षिण कोरियाली क्षेत्रमा १७ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।

मौसम:

budhanilkantha-temple

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

0
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -